कतार विश्वकपमा समुह चरणबाटै बाहिरिएपछि ट्युनिसियाका फरवर्ड वाहबी खजरीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्।
राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका ३१ वर्षीय वाहबीले सन्यास घोषणा गर्दै भने, ‘मलाई गर्व छ मैले पछिल्ला वर्षहरुमा टोलीका लागि जे दिन सके र मलाई विश्वास छ यो पुस्ताको भविष्य उज्वल छ।’
ट्युनिसियाका लागि सर्वाधिक गोलकर्तासमेत रहेका वाहबीले विश्वकपमा ३ गोल गरेका छन्। वाहबीले राष्ट्रिय टोलीबाट ७४ खेलमा २५ गोल गरेका छन्। ट्युनिसियाबाट दुई विश्वकप खेलेका वाहबीले अफ्रिका कप नेसन्सको पाँच संस्करण खेलेका छन्।
फ्रान्समा जन्मिएका वाहबीले समुह चरणको अन्तिम खेलमा फ्रान्समाथि १–० को ऐतिहासिक जित निकाल्दा वाहबीले नै निर्णायक गोल गरेका थिए।
वाहबीले खेलको ५८ औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएपनि ट्युनिसिया समूह चरणबाट अघि बढ्न सकेन। ट्युनिसियाले समूह डी को तेस्रो स्थानमा रहेर विश्वकप यात्रा सकाएको थियो।
Shares
प्रतिक्रिया