ad ad

खेल


विश्वकपको नकआउटमा सेनेगलले पहिलोपटक इङ्ल्यान्डको सामना गर्दै

विश्वकपको नकआउटमा सेनेगलले पहिलोपटक इङ्ल्यान्डको सामना गर्दै

नेपालखबर
मंसिर १८, २०७९ आइतबार ८:४५, काठमाडौँ

विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेशका लागि आज सेनेगलले इङ्ल्यान्डको सामना गर्दै छ। अन्तिम १६ को चौथो खेलमा नेपाली समय अनुसार राति १२ः४५ बजे अल बेत स्टेडियममा यी टोली आमनेसामने हुन लागेका हुन्। 

वेल्सलाई पराजित गर्दै ग्यारेथ साउथगेटको टोली समूह बीको शीर्षस्थानमा पुगेको थियो। पहिलो हाफ गोलरहित भएको खेलमा दोस्रो हाफमा २० मिनेटभित्र ३ गोल गर्दै समूह बी को विजेता बनेको थियो। समूह ए मा रहेको सेनेगल पनि अन्तिम खेलमा इक्वेडरलाई पराजित गर्दै नकआउट चरणमा पुगेको हो। 

इरानविरुद्ध शानदार सुरुवात गरेको इङ्ल्यान्ड दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो। इरानमाथी पहिलो खेलमा इङ्ल्यान्ड ६–२ ले विजयी भएको थियो। 

पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको सेनेगल भने त्यसपछिका दुवै खेल जित्दै नकआउटमा पुगेको हो। नेदरल्यान्ड्ससँग २–० ले पराजित भएपछि दोस्रो खेलमा कतारलाई ३–१ ले पराजित गरेको थियो। अन्तिम खेलमा इक्वेडर २–१ ले पराजित भएर बाहिरिँदा सेनेगलले इङ्ल्यान्डसँगको भेट पक्का गरेको हो। 

इङ्ल्यान्ड १९६६ पछि दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा छ। २०१८ मा सेमिफाइनलसम्म पुगे पनि क्रोएसियासँग पराजित भएको थियो। 

५६ वर्ष पहिले घरेलु मैदानमा उपाधि जिते यता इङ्ल्यान्ड फाइनलमा पुग्न सकेको छैन। तीन पटक क्वार्टर फाइनलबाटै बाहिरिएको छ भने, दुई पटक सेमिफाइनलमा पुगेको छ। अरु दुई पटक भने अन्तिम १६ बाटै बाहिरिएको थियो। 

पहिलो सहभागीतामै क्वार्टरफाइनल पुगेको सेनेगल तेस्रो पटक विश्वकपमा सहभागी भएको हो। २००२ मा पहिलो पटक विश्वकप खेल्दा सेनेगल क्वार्टर फाइनल पुगेको थियो। २०१८ मा समूह चरणबाटै बाहिरिएको थियो। 

इङ्ल्यान्ड र सेनेगल पहिलो पटक भिड्न लागेका हुन्। यो खेलको विजेताले फ्रान्स र पोल्याण्डको विजेतासँग क्वार्टरफाइनलमा भिड्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .