कतार विश्वकपको तेस्रो नकआउट खेलमा अहिले साविक विजेता फ्रान्सले पोल्याण्डविरुद्ध अग्रता बनाएको छ।
दोहास्थित अल थुमामा स्टेडियममा खेलको पहिलो हाफमा फ्रान्सले पोल्याण्डविरुद्ध १–० ले अग्रता बनाएको छ।
खेलको ४४ औँ मिनेटमा ओलिभर जिरुडको गोलमा फ्रान्सले सुरुवाती अग्रता बनाएको हो। जिरुडले केलिएन एम्बाप्पेको पासमा गोल गरे।
फ्रान्सले पहिलो हाफमा पोल्याण्डविरुद्ध ५७ प्रतिशत बल पोजेशन बनाएको थियो।
खेलको २२ औँ मिनेटमा फ्रान्सका कुन्डेको प्रहारले पोष्टको दिशा लिन सकेन।
३८ औँ मिनेटमा पोल्याण्डका पिट्रो जिलेन्सको प्रहार गोलरक्षकले बचाए पनि त्यसकै रिवाउण्डमा आएको प्रहार कामिन्स्कीको प्रहरले पनि पोष्टको गति लिन सकेन।
78
Shares
प्रतिक्रिया