ad ad

खेल


अन्तिम १६ को खेलअघि इंग्ल्याण्डलाई सेनेगलका फ्यानको चेतावनी– हामीलाई कमजोर नसम्झ

अन्तिम १६ को खेलअघि इंग्ल्याण्डलाई सेनेगलका फ्यानको चेतावनी– हामीलाई कमजोर नसम्झ

नेपालखबर
मंसिर १८, २०७९ आइतबार २१:४९, काठमाडौँ

आइतबार मध्यराति फिफा विश्वकपमा इंग्ल्याण्ड र सेनेगलबीच प्रतिस्पर्धा हुँदै छ।

कतारको अल बायत स्टेडियममा हुने खेलमा सहज जित हात पार्दै क्वार्टरफाइनलमा आफ्नो स्थान बनाउने इंग्ल्याण्ड छ भने सेनेगल इंग्ल्याण्डलाई रोक्ने दाउमा छ।

यसपटको अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको सेनेगललाई कमजोर सोच्नु भने इंग्ल्याण्डको भूल हुने सेनोगलका फ्यानहरुले बताएका छन्।

यो विश्वकपमा फ्यानले सेनेगलको खेलमा माहोल तताउने काम गर्दै आएका छन्। यद्यपि अन्तिम १६ को खेलमा यो टोलीका लागि टोलीका स्ट्राइकर साडियो मानेको अभाव भने खड्किन सक्छ।

यद्यपि यो टोली शीर्ष लिग खेल्ने खेलाडीले भरिएको छ। त्यसैले यो खेल इंग्ल्याण्डका लागि पक्कै पनि सहज भने हुने छैन। सेनेगलका एक २६ वर्षीय फ्यानले भने, ‘मलाई आजको खेल सेनेगलले जित्छ भन्ने आशा छ। किनकी यो टोलीमा अफ्रिकाका उत्कृष्ट खेलाडी खेलिरहेका छन्। मलाई थाहा छ कि इंग्ल्याण्डको टोलीमा राम्रा खेलाडी छन् र यो खेल निकै रोचक हुन सक्छ तर मलाई सेनेगलले नै जित्छ भन्ने आशा छ।’ 

लिभरपुल र बोल्टोनका पूर्व स्ट्राइकर एल हाड्जी डिओउफले यसअघि नै सेनेगल इंग्ल्याण्डका कुनै पनि खेलाडीसँग नडराएको प्रतिक्रिया दिइसकेका छन्। उनले सेनेगलको टोलीका लागि सद्भावना दूत र परामर्शदाताको भूमिका निभाउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .