ad ad

खेल


अफ्रिकी च्याम्पियन नकआउटबाटै बिदा

अफ्रिकी च्याम्पियन नकआउटबाटै बिदा

नेपालखबर
मंसिर १९, २०७९ सोमबार २:४६, काठमाडौँ

अफ्रिका कप अफ नेसन्सको विजेता टोली सेनेगल विश्वकप फुटबल २०२२ को अन्तिम १६ बाटै बाहिरिएको छ।

आइतबार भएको खेलमा इंग्ल्याण्डसँग ३–० को हारसँगै सेनेगल दोस्रोपटक क्वार्टरफाइनलमा पुग्नबाट वञ्चित भएको हो।

आइतबारको खेलको सुरुवाती समयमा सेनेगलले केही राम्रो आक्रमण गर्नुका साथै इंग्ल्याण्डलाई केही समय दबाबमा राख्न सफल भए पनि एक गोल खाएपछि भने खेलमा इंग्ल्याण्ड हाबी भएको थियो। 

सेनेगल सन् २००२ मा भएको विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको थियो। विश्वकपमा यो उसको अहिलेसम्मकै ठूलो उपाधि हो।  

टोलीका मुख्य खेलाडी साडिओ मानेले चोटको कारण विश्वकप गुमाएसँगै सेनेगल केही दबाबमा परेको थियो। यद्यपि तेस्रोपटक विश्वकपमा सहभागी भएको सेनेगलले दोस्रोपटक समूह चरण पार गरेको हो। 

समूह चरणका खेलमा सेनेगलले इक्वेडर र कतारलाई पराजित गरेको थियो भने नेदरल्याण्ड्ससँग पराजित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .