ad ad

खेल


मोरक्कोको जितपछि शाकिराले भनिन्– ‘दिस टाइम फर अफ्रिका’

मोरक्कोको जितपछि शाकिराले भनिन्– ‘दिस टाइम फर अफ्रिका’

नेपालखबर
मंसिर २५, २०७९ आइतबार ०:६, काठमाडौँ

फिफा विश्वकप अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगलमाथि १–० गोल अन्तरको जित हात पारेको छ।

यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलोपटक विश्वकपको सेमिफाइलनमा पुगेसँगै अमेरिकी गायिका शाकिराले सामाजिक सञ्जालमार्फत मोरक्को टोलीलाई बधाई दिएकी छिन्।

उनले ट्वीटरमा लेखेकी छिन्–दिस् टाइम फर अफ्रिका अर्थात् यो अफ्रिकाको समय हो।

उनले गरेको ट्वीट सन् २०१० को विश्वकपको गीतबाट लिइएको एक लाइन हो।

दक्षिण अफ्रिकामा भएको यो विश्वकपको गीत अहिलेसम्मकै चर्चित गीत हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .