ad ad

खेल


मेस्सी भन्छन्- नेदरल्यान्ड्सका प्रशिक्षकले मेरो अपमान गरे

मेस्सी भन्छन्- नेदरल्यान्ड्सका प्रशिक्षकले मेरो अपमान गरे

नेपालखबर
मंसिर २५, २०७९ आइतबार ०:३०, काठमाडौँ

कतार विश्वकप अन्तर्गत शुक्रबार राति अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल रोमाञ्चक बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

निर्धारित समयमा २–२ को बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। 

अर्जेन्टिनाले डच टोलीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएपछि कप्तान लियोनल मेस्सीले नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गालले आफूलाई अपमान गरेको महसुस गरेको बताएका छन्। साथै उनले रेफ्रीको पनि आलोचना गरे। 

खेलको ११ औँ मिनेटमा नाहुएल मोलिनाको गोलमा मेस्सीले असिस्ट दिएका थिए। ७३ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। तर नेदरल्याण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीमा ल्याउँदै पेनाल्टी सुटआउटसम्म पुर्‍याएका थिए।

खेलको एक समय लिआन्ड्रो परेडेसले नेदरल्यान्ड्स बेन्चको दिशामा बल ब्लास्ट गरेपछि डच कप्तान भर्जिल भान डाइकले परेडेसलाई भुइँमा ढकढकाएर जवाफ दिए। 

मेस्सीले गोलपछि नेदरल्याण्ड्स कोचिङ स्टाफतर्फ फर्केर उत्सव मनाउन निर्देशन दिएका थिए। खेलपछि भान गालको सामना गरे। 

खेलपछि पत्रकारसँग कुरा गर्दै मेस्सीले भने, ‘खेलअघिको भान गालको टिप्पणी र केही डच खेलाडीले खेलको क्रममा धेरै बोलेका कारण आफ्नो अनादर भएको महसुस गरेको थिएँ।’

क्वार्टरफाइनल खेलअघि भान गालले मेस्सीले आफूसँग बल नहुँदा टोलीलाई थोरै सहयोग गरेको बताएका थिए। 

मेस्सीले थपे, ‘भान गालले राम्रो फुटबल खेल्छन् भनेर बेच्छन्, भान गालको जुन रणनीति थियो त्यसमा हामी योग्य थियौँ।’

अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले पनि खेलपछि भान गालका लागि कडा शब्दहरू राखेका थिए। 

मार्टिनेजले भने, ‘भान गालले भनेको सुनेको छु, हामीले पेनाल्टीमा फाइदा पायौं, यदि हामी पेनाल्टीमा गयौं भने हामी जित्छौं, मलाई लाग्छ उनले आफ्नो मुख बन्द राख्नुपर्छ।’

मेस्सी र मार्टिनेज दुवैले स्पेनिस रेफ्री एन्टोनियो माथ्येयु लाहोजका आलोचना गरे। अर्जेन्टिनी टिभीसँग कुरा गर्दै मेस्सीले भने, ‘यो विषयमा केही कुरा गर्न चाहान्नँ किनकी म इमानदार हुन सक्दिनँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .