ad ad

खेल


मोरक्कोको सफलतामा ‘आई लभ यु मम!’

मोरक्कोको सफलतामा ‘आई लभ यु मम!’

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १०:३३, काठमाडौँ

अफ्रिकी राष्ट्र मोरक्कोले ऐतिहासिक जित निकाल्दै पहिलो पटक कतार विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ।

विश्वकपमा बलिया र उपाधि दाबेदार मानिएका शक्ति राष्ट्रलाई हराउँदै मोरक्को पहिलो पटक सेमिफाइनलमा पुग्यो। विश्वकपमा मोरक्कोले जित निकालेको हरेक खेललाई हेर्ने हो भने ती टोलीका खेलाडीले जितको खुसी आमा र परिवारसँग साटीरहेको भावुक दृश्य हेर्न पाइएको थियो। 

समूह चरणदेखि क्वार्टरफाइनलसम्मका खेलमा मोरक्कोका खेलाडीले जितको खुसी आमासँग साटेको दृश्यले सामाजिक सञ्जाल पनि सम्मानले भरिएका थिए।

क्वार्टरफाइनलमा उपाधि दाबेदार पोर्चुगललाई १-० ले हराउँदै मोरक्कोले सेमिफाइनल यात्रा तय गरेको थियो। दोहास्थित अल थुमामा स्टेडियममा पोर्चुगलविरुद्ध जित निकाल्दा पहिलो अरब र अफ्रिकन देश सेमिफाइनलमा पुगेको थियो। त्यो खुसीमा पनि खेलाडीले आफ्नी आमालाई बिर्सिएनन्।

अन्य खेलमा भन्दा मोरक्कोको ऐतिहासिक दिनमा अल थुमामा स्टेडियमको दृश्य भावुक अनि फरक थियो। त्यो मध्येमा एक होसोफियन बोउफलको आफ्नी आमासँगको नृत्य। जुन नृत्यले सामाजिक सञ्जालमा खुबै चर्चा बटुलिरहेको छ। बोउफलले त्यो खुसीको क्षण साट्नका लागि आफ्नी आमालाई रोजे र स्टेडियममा नै आमा छोरा नाचे जुन नाचमा मोरक्कोका समर्थकले पनि खुलेर साथ दिए।

पोर्चुगलविरुद्धको जितपछि बोउफलले भनेका थिए, ‘मेरो लागि मेरो जिवनको सबैभन्दा महत्वपुर्ण कुरा भनेको आमा हो।’ उनले यसो भनिरहँदा बोउफल भावुक बने भने उनकी आमा भने रुँदै थिइन्। अवश्य पनि परिवार नै सबैभन्दा ठूलो कुरा हो। परिवारको सपोर्ट नै महत्वपुर्ण हुन्छ।

जारी विश्वकपमा मोरक्को अन्डर डगको रुपमा उदाएको राष्ट्र हो। मोरक्कोले सफलताको स्वाद लिइरहँदा खेलाडी मात्र हैन प्रशिक्षकले पनि त्यो त्यो खुसी आमासँग नै साटे।  मोरक्काका प्रशिक्षक वालिड रिग्रागुइले त्यो खुसीले आमासँग साट्दै नाचेका थिए।

जनु कुरालाई मोरक्कोका प्रशिक्षक रिग्रागुई पनि स्वीकार गर्छन्। प्रशिक्षक रिग्रागुइले मोरक्को फुटबल संघलाई खेलाडीले आफ्नो अभिभावकलाई कतार ल्याउनका लागि मनाए। ‘हाम्रो सफलता परिवारको खुसीविना पूरा हुने थिएन,’ उनले भने। 

मोरक्कोको सबै जितमा आमालाई नबिर्सने अर्का खेलाडी हुन्, अच्राफ हाकीमी।

उनी हरेक जितमा आफ्नी आमासँग खुसी साट्न पुगेका हुन्छन्। स्पेनलाई पराजित गरेपछि आमासँग गएर अकंमाल गरेका हाकीमीले पोर्चुगलसँगको जितपछि पनि आमासँग नै खुसी साट्न पुगेका थिए। उनकी आमाले उनलाई चुम्बन गर्दै आँखाबाट आँशु झारेका भावुक दुश्यले सबैको मन छोएको थियो। स्पेनसँगको जितपछि हाकीमीले सामाजिक सञ्जालमा ‘आई लभ यु मम’ लेख्दै आमासँगको फोटो सामाजिक सञ्जालमा राखेका थिए। स्पेनमा जन्मिएका हाकीमीले रियल मड्रिडको युथ एकेडेमीमा जोडिएका थिए तर मोरक्कोको प्रतिनिधित्व गर्थे।

एक अन्तर्वार्तामा हाकीमीका बुवा हसनले भनेका थिए, ‘मेरो छोरा रियल मड्रिडमा जोडिंदा मैले दैनिक १ सय किलोमिटर यात्रा गर्थेँ। मलाई खुसी लागेको छ मेरो छोराको करियरले यसरी उचाइ लिएको छ। उनको यो सफलताले मलाई खुसी दिएको छ। म अभिभावकलाई भन्न चाहान्छु की आफ्ना छोराछोरीका लागि केही त्याग गर। भगवानलाई पनि यो सबैकुराको लागि धन्यवाद दिन चाहन्छु।’

हाकीमीले पनि एक अन्तवार्तामा भनेका थिए, ‘मेरो लागि मेरो परिवारले धेरै कुराको त्याग गरेको छ। अहिले म ती सबैकुरासँग लडिरहेको छु।’

विश्वकपमा सहभागी धेरै देशका खेलाडी आफ्ना श्रीमती, गलफ्रेन्ड र छोराछोरीहरुसँग कतार पुगेका छन्। तर मोरक्का मात्र यस्ता खेलाडी छन् जो आफ्ना अभिभावकसँग पुगेका छन्। जुन उनीहरुको सफलताका लागि एक हिस्सा बनिरहेका छन्। उनीहरु आफ्नो स्टारडमलाई भन्दा पनि परिवारले गरेको त्यागलाई नै महत्वपुर्ण मानेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .