ad ad

खेल


लुसैल स्टेडियममा लडेका सुरक्षागार्डको मृत्यु

लुसैल स्टेडियममा लडेका सुरक्षागार्डको मृत्यु

नेपालखबर
मंसिर २८, २०७९ बुधबार २०:४०, काठमाडौँ

कतार विश्वकप अन्तर्गत लुसैल स्टेडियममा लडेर सुरक्षागार्डको मृत्यु भएको छ।

नेदरल्याण्ड्स र अर्जेन्टिनाबीचको क्वार्टरफाइनल खेलमा सुरक्षागार्ड केन्यान जोन एन्जाउ किबुइको अवस्था स्थिर बताइए पनि तीनदिनपछि उनको मृत्यु भएको बीबीसीले जनाएको छ। 

कतारी आयोजकले किबुइ कसरी खसे भन्ने विषयमा अनुसन्धान गरिरहेको बताएको छ। 

उनकी बहिनी एन वान्जीरले भने यसबारेमा आफुहरुलाई कुनै स्पष्टीकरण नदिएको सीएनएनलाई बताएकी छिन्। 

उनले भनिन्, ‘हामी न्याय चाहन्छौ र उनको मृत्युको कारण थाहा पाउनुपर्छ।’ 

उनले थपिन्, ‘किबुइ कसरी खसेका थिए भने कुनै पनि तस्बिर वा भिडियो दिइएको छैन भने यस विषयमा विस्तृतरुपमा जानारीसमेत दिइएको छैन।’

केन्यान नोभेम्बरमा स्थानिय सुरक्षा फर्मसँग सम्झौता गरेर कतार आएको किबुइ परिवारले सीएनएनलाई बताएको छ। 

किबुइ दोस्रो प्रवासी कामदार हुन जो विश्वकप सुरु भएपछि मृत्यु भयो। यसअघि साउदी अरेबियाले प्रशिक्षण स्थलको प्रयोग गर्दै आएको रिसोर्टमा कामगर्ने क्रममा एक फिलिपिनो नागरिकको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .