ad ad

ग्लोबल


राष्ट्रसङ्घ मुख्यालयमा गान्धीको प्रतिमा

राष्ट्रसङ्घ मुख्यालयमा गान्धीको प्रतिमा

नेपालखबर
मंसिर २८, २०७९ बुधबार २०:५७, काठमाडौँ

अमेरिकास्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय परिसरको उत्तरी भागमा अहिंसाका अभियन्ता महात्मा गान्धीको प्रतिमा राखिने भएको छ।

महासचिव एन्टोनियो गुटेरेस र भारतका विदेशमन्त्री एस जयशङ्करले अनावरण गर्ने कार्यक्रम रहेको संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले बताएकी छिन्।  

राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच नयाँ सदस्यसहित परिषद्का अन्य सदस्यको उपस्थितिमा प्रतिमा अनावरणको कार्यक्रम हुने उनले बताएकी छिन्। राष्ट्रसङ्घको मुख्यालयमा राखिने गान्धीको प्रतिमा पहिलो हुनेछ। भारतले विश्वसंस्थालाई प्रदान गरेको यो प्रतिमा पनि पहिलो हो। 

भारतका विदेशमन्त्री दुईदिने औपचारिक भ्रमणको सिलसिलामा हाल अमेरिकामा छन्। मङ्गबार उनले महासभाका अध्यक्ष साबा कोरोसीसँग भेटवार्ता गरेका थिए।

उनीसँग बहुपक्षीयताको महत्वबारे छलफल भएको विदेशमन्त्रीले बताएका छन्। साथै उनले जापानका विदेश राज्यमन्त्री यामादा केन्जीसँग पनि भेटवार्ता गरेका थिए।

भारत र जापानले सुधारिएको बहुपक्षीयतालाई अगाडि बढाउन मिलेर काम गर्नेबारेमा उनीहरूले विचार आदानप्रदान गरेका थिए। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .