ad ad

खेल


पहिलो हाफमा इरानविरुद्ध इंग्ल्यान्ड ३–० गोल अन्तरले अगाडि

पहिलो हाफमा इरानविरुद्ध इंग्ल्यान्ड ३–० गोल अन्तरले अगाडि

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १९:४८, काठमाडौँ

कतार विश्वकप अन्तर्गत समूह ‘बी’को खेलको पहिलो हाफमा इरान विरुद्ध इङल्याण्डले फराकिलो अग्रता बनाएको छ। 

अर रायानस्थित खालिफा अन्तराष्ट्रिय मैदानमा इङल्याण्डले इरान विरुद्ध पहिलो हाफमा ३–० को अग्रता बनाएको हो। 

इरानविरुद्ध इङल्याण्डका रहिम स्टलिङ, बुकायो साका र जुडे बिलिङघमले गोल गर्दै टोलीलाई फराकिलो अग्रता दिलाएका हुन्। 

खेलको २० औँ मिनेटमा इरानका पहिलो रोजाइका गोलरक्षक अलि बिरानचन्द घाइते भएपछि उनको स्थानमा होस्सेन होस्सेनीले गोलपोष्ट सम्हालेका थिए।   

३५ औँ मिनेटमा जुडे बिलिङघमले गोल गर्दै इङल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। बिलिङघमले डिफेन्डर ल्युक स को पासमा उत्कृष्ट गोल गरेका थिए। 
खेलको ४३ औँ मिनेटमा बुका साकाले गोल गर्दै अग्रता दोब्बर पारेको हो। साकाले मगुइरेको पासमा गोल गरेका हुन्। 

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा रहिम स्टलिङले कप्तान ह्यारी केनको पासमा गोल गर्दै खेललाई ३–० को अवस्थाामा ल्याए। 

त्यसअघि खेलको खेलको २८ औँ मिनेटमा साकाको प्रहारले पोष्टको दिसा लिन नसक्दा इङल्याण्ड अग्रता बनाउन बोट चुकेको थियो। ३० औँ मिनेटमा माउण्टको प्रहार पहिलो बारमा लाग्दै बाहिरिदा इङल्याण्डले अग्रता बनाउन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .