ad ad

खेल


चारपटकको विश्वविजेता जर्मनीसँग भिड्दै एसियाको ‘पावर हाउस’ जापान

चारपटकको विश्वविजेता जर्मनीसँग भिड्दै एसियाको ‘पावर हाउस’ जापान

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ८:३९, काठमाडौँ

चार पटकको विश्व विजेता जर्मनीले बुधबार जापानसँग खेल्दै विश्वकप २०२२ को सुरुवात गर्दै छ। 

खालिफ स्टेडियममा साँझ पौने ८ हुने खेलमा जर्मनीले जापानलाई हराउँदै विश्वकपमा सुखद सुरुवात गर्ने योजनामा छ। 

जर्मनीले १९५०, १९७४, १९९० र २०१४ को विश्वकपको उपाधि उचालिसकेको छ।  जर्मनी कतार विश्वकपमा उपाधि होडमा लागिपरेको छ। समूह ई मा बलियो टोली रहेको जर्मनी २०१४ मै लयलाई निरन्तरता दिने दाउमा छ। 

थोमस मुलरको कप्तानीमा रहेको जर्मन टोली लेरोय साने, जोशुआ किमिच, टिमो वेर्नर, एन्टोनियो रुडिगर र म्यानुअल न्युअर जस्ता स्टार खेलाडीले भरिएको छ।  

१९९८ बाट विश्वकपमा सहभागिता जनाउन सुरु गरेको जापान अहिलेसम्म अन्तिम १६ बाट अघि बढ्न सकेको छैन। 

जापानी टोलीको नेतृत्व तामुकी मिनामिनोले गर्नेछन्। लिग १ मा मोनामोका लागि खेल्ने मिनामिनोले राष्ट्रिय टोलीका लागि ४३ खेलमा १७ गोल गरेका छन्। मिनामिनोले विश्वकपको छनोट चरणमा १० गोल गरेका छन्। 

समूह चरणमा जर्मनी र स्पेनको डिफेन्डरलाई उनले व्यस्त राख्ने पक्का छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .