ad ad

खेल


क्यानरुनसँग भिड्दै स्विटजरल्याण्ड, कसले मार्ला बाजी?

क्यानरुनसँग भिड्दै स्विटजरल्याण्ड, कसले मार्ला बाजी?

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ७:१९, काठमाडौँ

फिफा विश्वकप अन्तर्गत बिहीबार समूह चरणका ४ खेल हुँदै छन्। 

बिहीबारको पहिलो खेलमा समूह जी का स्वीटजरल्याण्ड र क्यामरुन भिड्नेछन्। अल जनौव स्टेडियममा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। 

विश्वकपको दुई संस्करण क्वार्टरफाइनलसम्म पुगेको स्वीटजरल्याण्ड १२ औँ पटक विश्वकप खेल्दै छ। 

विश्वकपका लागि स्वीटजरल्याण्डले आर्सनलमा ग्रानिट साका र सिकागो फायरका जेर्दन सकिरीलाई टोलीमा राखेको छ। लिभरपुलका पूर्वखेलाडी सकिरीले स्विट्जरल्यान्डबाट १०८ इन्टरनेसनल खेल खेलिसकेका छन्। सकिरीले चौथोपटक विश्वकप खेल्दै छन्। 

म्यानचेस्टर सिटीका म्यानुअल एन्काजी र न्यु क्यासल युनाइटेडका फ्याबियन स्चार पनि टोलीमा छन्। स्विट्जरल्यान्डको टोलीमा रहेका ७ खेलाडीले पहिलोपटक विश्वकप खेल्दै छन्। 

स्विट्जरल्यान्डको टोली :
गोलकिपरः ग्रेगर कोबेल (बोरुसिया डर्टमुन्ड), फिलिप कोहन (रेड बुल साल्जबर्ग), जोनास ओम्लिन (मोन्टपेलियर), यान सोमर (बोरुसिया मोन्चेनग्लाडबाच)

डिफेन्डरः म्यानुअल अकान्जी (म्यानचेस्टर सिटी), एरे कोमेर्ट (भ्यालेन्सिया), निको एल्वेदी (बोरुसिया मोन्चेन्ग्लाडबाच), रिकार्डो रोड्रिगेज (टोरिनो), फाबियन स्कार (न्यूकासल युनाइटेड), सिल्भान विडमर (मेन्ज ०५)

मिडफिल्डरः मिशेल एबिशर (बोलोग्ना), एडिमिलसन फर्नान्डिस (मेन्ज ०५), फाबियन फ्रेई (बासेल), रेमो फ्रुलर (नोटिङ्घम फरेस्ट), अर्डोन जसारी (लुजर्न), नोआ ओकाफोर (रेड बुल साल्जबर्ग), फाबियन रिडर (युवा केटा), जेरदान शाकिरी (शिकागो फायर), जिब्रिल सो (इनट्राक्ट फ्रान्कफर्ट), रेनाटो स्टेफेन (लुगानो), ग्रानिट झाका (आर्सनल), डेनिस जाकारिया (चेल्सी)

फरवार्डः ब्रील एम्बोलो (मोनाको), क्रिश्चियन फास्नाच (युवा केटा), हरिस सेफेरोभिक (गालाटासारे), रुबेन वर्गास (एफसी अग्सबर्ग)
आठौँ पटक विश्वकप खेल्न लागेको क्यामरुपको अहिलेसम्मको उत्कृष्ट नतिजा भनेको १९९० मा क्वार्टरफाइनलसम्म पुग्नु हो। त्यसअघि र पछिका संस्करणमा क्यामरुन समुह चरणबाट अघि बढ्न सकेको छैन। क्यामरुन गोलकिपर आन्द्रे ओनाना, भिन्सेन्ट अबुबाकर, कार्ल टोको इकाम्बी, आन्द्रे–फ्राङ्क जाम्बो एन्गुइसा र एरिक म्याक्सिम लगायतका खेलाडी क्यामरुनका मुख्य हतियार हुन्। 

क्यामरुनको टोली 
गोलकिपर : डेभिस इप्यासी (आभा क्लब), साइमन नगापान्डुएन्बु (मार्सेली), आन्द्रे ओनाना (इन्टर मिलान)

डिफेन्डर : जीन–चार्ल्स क्यास्टेलेटो (नान्टेस), एन्जो इबोसी (उडिनेस), कोलिन्स फाई (अल ताई), ओलिभर एम्बाइजो (फिलाडेल्फिया संघ), निकोलस एन्कोलोउ (एरिस सलोन्किया), टोलो नोहु (सिएटल साउन्डर्स), क्रिस्टोफर वूह (रेनेस स्टेडियम)

मिडफिल्डर : मार्टिन होन्ग्ला (वेरोना), पियरे कुण्डे (ओलम्पियाकोस), ओलिभर न्चाम (स्वानसी सिटी), गेल ओन्डुआ( ह्यानोभर ९६), शमूएल ओम गौट (मेचेलेन), आन्द्रे–फ्राङ्क जाम्बो एन्गुइसा (नापोली)

फरवार्ड : भिन्सेन्ट अबुबाकर (अल नासर),क्रिश्चियन बासोगोग (साङ्घाई शेन्हुआ), एरिक म्याक्सिम चौपो–मोटिङ (बायर्न म्युनिख), सोउबोउ मोरोउ( काटोन स्पोर्टस्), ब्रायन एमबेउमो (ब्रेन्टफोर्ड), निकोलस मौमी नगामालेउ (योङ बोइज बर्न), जेरोम एनगोम (कोलोम्बे स्पोर्टिभ डु सुड अफिसिएट), जर्ज–केल्भिन एन्कोउडोउ (बेसिकटास), जिन–पेरी एन्सेम (योङ ब्वाईज बर्न), कार्ल टोको एकम्बी (ओलम्पिक लियोनाइस) 

हेड टु हेट
स्वीटरल्याण्ड र क्यामरुन पहिलो पटक विश्वकपमा भिड्न लागेका हुन्। यसअघिका कुनै पनि प्रतियोगितामा भेट नभएका यी टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .