ad ad

राजनीति


पाँचथर प्रदेशसभा (ख) मा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो निर्वाचित

पाँचथर प्रदेशसभा (ख) मा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो निर्वाचित

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ७:२६, पाँचथर

पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी भएका छन्। 

प्रतिस्पर्धी नेकपा (एमाले) का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मतान्तरल पराजित गर्दैे आङ्बो विजयी भएका हुन्। 

पैतीस हजार सात सय १५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोले १५ हजार छ सय ७२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाएका छन्। 

जिल्लाको फिदिम नगरपालिका–११ घर भएका ४० वर्षीय आङ्बो २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनका तर्फबाट यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रहेका आङ्बो १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत हुन्।

उनी पटक माओवादी केन्द्र, कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का साझा उम्मेदवार थिए। एमालेका नेम्वाङ एमालेका केन्द्रीय सदस्य हुन्। नेम्बाङ २०७० सालमा तत्कालीन नेकपा (माले)का तर्फबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .