ad ad

खेल


उपाधि जित्ने लक्ष्यमा रहेको पोर्चुगलाई रोक्ला त घानाले?

उपाधि जित्ने लक्ष्यमा रहेको पोर्चुगलाई रोक्ला त घानाले?

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १२:४३, काठमाडौँ

विश्वकप अन्तर्गत समूह एच को दोस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घाना भिड्दै छन्। स्टेडियम ९७४ मा हुने खेल राति पौने १० बजे सुरु हुनेछ। 

सन् १९६६ मा तेस्रो भएको पोर्चुगलको अहिलेसम्मको उत्कृष्ट नतिजा त्यही नै हो। सन् १९८६, २००२ र २०१४ मा समूह चरणबाटै बाहिरिएको पोर्चुगल यो पटक उपाधि जित्ने लयमा छ। 

पोर्चुगल क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रने पोर्चुगल यो पटक उपाधि जित्ने बाटोमा छ। पोर्चुगलको टोलीमा बर्नान्डो सिल्भा, ब्रूनो फर्नाडेज र जोआओ फेलिक्स संलग्न छन्। पोर्चुगलको टोलीमा यो पटक जोआओ माउटिन्हो, जोसे फोन्टे र रेनाटो सान्चेज र  लिभरपुलका डियगो जोटा अटाउन सकेनन्।

टोलीमा जोआओ क्यान्सेलो, रुबेन डायस र ३९ वर्षीय सेन्टर डिफेन्डर पेपे भने टोलीमा छन्।  १९ वर्षीय डिफेन्डर एनटोनियो सिल्भा आजको खेलमा मैदान उत्रन सक्नेछ्न। 

पछिल्लो समय खराब लयमा रहेका ३७ वर्षीय रोनाल्डो पहिलो पटक विश्वकप उचाल्ने लक्ष्यमा छन्।  राष्ट्रिय टोलीबाट अन्तिम पटक विश्वकप खेल्न लागेका रोनाल्डो विश्वकप चलिरहँदा क्लबविहीन भएका रोनाल्डो पुरानै छवि फर्काउँदै अन्य क्लबका लागि सम्भावनाको ढोका खोल्न चाहन्छन्। 

पोर्चुगलको टोलीः
गोलरक्षक : डिओगो कोस्टा, रुई प्याट्रिसियो, जोसे सा 

डिफेन्डर : डिओगो डालोट, डानिलो परेरा, जोआओ क्यान्सेलो, एन्टोनियो सिल्भा, पेपे, रुबेन डायस, नुनो मेन्डेस, राफेल गुरेइरो 

मिडफिल्डर : विलियम कार्भाल्हो, रुबेन नेभ्स, ओटाभियो मोन्टेइरो, बर्नान्डो सिल्भा, म्याथियस नुनेस, ब्रुनो फर्नान्डिस, जोओ मारियो, जोओ पाल्हिन्हा, भिटिन्हा 

फरवार्ड : आन्द्रे सिल्भा, रिकार्डो होर्टा, क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, राफेल लिओ, गोन्कालो रामोस

विश्वकप फुटबलमा सबैभन्दा तल्लो वरीयतामा घाना पोर्चुगलसँग आफ्नो उत्कृष्ट खेल पस्कने योजनामा छ। पहिलो रोजाइको गोलरक्षकबिनै खेल्न लागेको घाना सम्भवत डिफेन्सिभ खेल्नेछ।

विश्वकपअघि औलामा चोट बोकेपछि घाना पहिलो रोजाइको गोलरक्षक वोल्लकोट बिनै विश्वकप खेल्दै छ। घानाको टोलीमा  आर्सनलमा मिडफिल्डर थोमस पार्टी, स्पेनका पूर्व स्टाइकर इनाकी विलियम्स पनि छन्। 

घानाको टोली 
गोलकिपर : लरेन्स एटि–जिगी (सेन्ट ग्यालेन), डेनलाड इब्राहिम (असेन्टे कोटोको), अब्दुल मनाफ नुरुदीन (युपेन)

डिफेन्डर : जोसेफ एडु (सेल्टा भिगो), ड्यानियल आमर्टे (लेसेस्टर सिटी), अलेक्जेन्डर जिकु (रेसिङ स्ट्रासबर्ग), तारिक ल्याम्पटे (ब्राइटन एण्ड होभ एल्बियन), गिदोन मेन्साह (अक्सेरे), डेनिस ओडोई (क्लब ब्रुग्स), बाबा रहमान (रिडिङ) , मोहम्मद सालिसु (साउथम्पटन), अलिदु सेइदु (क्लर्मन्ट)

मिडफिल्डर : मोहम्मद कुदुस (आजाक्स), डेनियल–कोफी केरेह (फ्रेइबर्ग), एलिशा ओउसु (जेन्ट), थोमस पार्टी (आर्सनल), सालिस अब्दुल समेद (लेन्स)

फरवार्ड : ड्यानियल अफ्रियी (हर्ट्स अफ ओक), आन्द्रे आय्यु (अल साद), जोर्डन आयव (क्रिस्टल प्यालेस), ओस्मान बुकारी (रेड स्टार बेलग्रेड), इसाहाकु अब्दुल फतावु (स्पोर्टिङ लिस्बन), एन्टोइन सेमेन्यो (ब्रिस्टल सिटी), कमल सोवाह (ब्रिस्टल सिटी) क्लब ब्रुग्स), कमलदीन सुलेमाना (रेनेस), इनाकी विलियम्स (एथलेटिक बिलबाओ) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .