ad ad

खेल


अमेरिकालाई प्रतिबन्ध लगाउन फिफासँग इरानको माग

अमेरिकालाई प्रतिबन्ध लगाउन फिफासँग इरानको माग

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १०:५८, काठमाडौँ

इरानले विश्व फुटबल नियामक संस्था फिफासमक्ष अमेरिकालाई १० खेलमा प्रतिबन्ध लगाउन फिफासमक्ष माग गरेको छ। आफ्नो मुलुकको ‘मर्यादामा ठेस पुर्‍याउने’ गतिविधि गरेको भन्दै इरानले फिफासमक्ष अमेरिकामाथि प्रतिबन्धको माग गरेको हो।

यसअघि अमेरिकाको फुटबल संघले इरानको इस्लामिक गणतन्त्रको चिन्ह भएको भाग हटाउँदै इरानको झण्डा सार्वजनिक गरेको थियो। अमेरिकाले इरानमा जारी आन्दोलनको समर्थनको लागि भन्दै उक्त झण्डा सार्वजनिक गरेको थियो। सोही विषयमा विवाद उत्पन्न भएको हो। 

अमेरिकी फुटबल संघले अहिलेभने उक्त तस्बिर हटाइसकेको छ। अमेरिकाले यस विषयमा जवाफ दिँदै इरानमा आधारभूत अधिकारको लागि लडिरहेका महिलाको समर्थनमा उक्त तस्बिर राखिएको बताएको छ। 

इरानको फुटबल संघले फिफामा दायर गरेको उजुरीमा अमेरिकाले इरानको राष्ट्रिय झण्डाको अपमान गरेको बताएको छ। इरानको स्थानीय सञ्चारमाध्यमहरुले फिफाको नियमअनुसार नै अमेरिकामाथि प्रतिबन्धको माग गरिएको उल्लेख गरेका छन्। 

फिफाले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन। तर, जानकारहरुका अनुसार फिफाले अमेरिकामाथि प्रतिबन्ध लगाउने सम्भावना कम छ। इरानमा अहिले महिला अधिकारको माग गर्दै प्रदर्शन भइरहेको छ।

इरानका खेलाडीले पनि मुलुकमा भइरहेको प्रदर्शनको समर्थन गर्दै पहिले खेलमा राष्ट्रिय गीत गाएका थिएनन्। तर, दोस्रो खेलमा भने उनीहरुले राष्ट्रिय गीत गाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .