कतारमा जारी विश्वकप फुटबलमा निराशाजनक प्रदर्शनपछि स्पेनी प्रशिक्षक लुइस इन्रिकेले राजीनामा दिएका छन्।
फिफा विश्वकपअन्तर्गत अन्तिम १६ को खेलमा अनपेक्षितरुपमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि उनले बिहीबार राजीनामा दिएका हुन्।
मोरक्कोसँग पराजित भएपछि त्यसको दोष आफूले लिने उनले बताएका थिए।
५२ वर्षीय उनले स्पेनी प्रशिक्षकबाट राजीनामा दिएसँगै अब चाँडै क्लब फुटबलमा फर्किने तयारी गरेका छन्।
उनी स्पेनिस क्लब बार्सिलोनाका पूर्वप्रशिक्षक पनि हुन्। उनी सन् २०१८ मा पहिलो पटक स्पेनिस फुटबल टिमका प्रशिक्षक भएका थिए।
त्यसपछि युरोकपका लागि भन्दै स्पेनले सन् २०२० मा पनि उनलाई प्रशिक्षक बनाएको थियो।
मंसिर २२, २०७९, बिहीबार
252
Shares
प्रतिक्रिया