ad ad

सुदूरपश्चिम


कैलाली र कञ्चनपुरमा गरी चट्याङले ४ जनाको मृत्यु

कैलाली र कञ्चनपुरमा गरी चट्याङले ४ जनाको मृत्यु

फाइल तस्बिर


गोकुल जोशी
असार १४, २०७९ मंगलबार ११:४८, महेन्द्रनगर

कैलाली र कञ्चनपुरमा गरी चट्याङले चार जनाको मृत्यु भएको छ। 

छुट्टाछुट्टै ठाउँमा खेतमा काम गरिरहेको अवस्थामा चट्याङले लागेर दुई पुरुष र दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय (त्रिभुवनबस्ती) का अनुसार कञ्चनपुको पुनर्वास नगरपालिका –६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र वडा नम्बर ८ ‘क’ गाउँकी २५ वर्षीय शारदा थापाको चट्याङ लागेर मृत्यु भएको छ। 

खेतमा काम गरिरहेका बेला चट्याङले लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए। 

यस्तै कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको पनि चट्याङले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्याँस कम्पनीको जमिनमा रोपाइ गरिरहेकी चौधरीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार कैलालीको कैलारी गाउँपालिका–१ रानामुराकी ५६ वर्षीय सुगपंखीदेवी चौधरीको चट्याङले लागेर मृत्यु भएको छ।

घरनजिकै खेतमा रोपाइँ गर्ने क्रममा चट्याङले लागेर घाइते भएकी चौधरीको उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .