सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको ४ दशमलव ६ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा महसुस गरिएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बझाङको लेखगाउँ हो। भूकम्पबाट क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ। रासस
51
Shares

प्रतिक्रिया