महाकाली बाल अनाथालय महेन्द्रनगरका प्रमुख शंकर बहादुर चन्द ‘यौन दुर्व्यवहार’को आरोपमा पक्राउ परेका छन्।
अनाथालयमा बस्ने बालिकालाई दुर्व्यवहार गरेको आरोपमा मंगलबार चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अनाथालयमा बस्ने बालिकासँग चन्दले अनैतिक कुरा गरेको उनीमाथि आरोप छ।
‘बालिकको आरोपपछि अहिले उहाँलाई नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले भने, ‘अनाथालयकै बालिकासँग अनैतिक कुरा गरेको आरोप छ, घटनाको अनुसन्धान भइरहेको छ।’
उनी अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा छन्। घटना बारेमा चन्दसँग सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
माघ १७, २०७९, मंगलबार
प्रतिक्रिया