सुदूरपश्चिम


सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

गोकुल जोशी
फागुन २१ , कञ्चनपुर

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। आइतबार प्रदेश सभा बैठकबाट शाहले विश्वासको मत पाएका हुन्।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले विश्वासको मत पाएको घोषणा गरे।

शाहको पक्षमा ४१ प्रदेश सांसदले मतदान गरेका छन्। विपक्षमा ११ सांसदले मत खसाले। विश्वासको मत विभाजनमा ५२ प्रदेश सांसद उपस्थित थिए। शाहले दुई तिहाइ भन्दा बढि मत पाएका हुन्। 

कांग्रेस नेतृत्वको सरकारलाई माओवादी, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजावादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।

नेकपा एमाले र राप्रपाले शाहलाई विश्वासको मत दिएन। सुदूरपश्चिमको हकमा यो एतिहासिक हो। 

संविधाको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

यो सँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार जोगिएको छ। यसअघि २७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा २९ दिनमै पदमुक्त भएका थिए।

फागुन २१, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .