सुदूरपश्चिम


दार्चुलामा १५ वर्षीया बालिकाको शव भेटियो, प्रहरी घटनास्थल गयो

दार्चुलामा १५ वर्षीया बालिकाको शव भेटियो, प्रहरी घटनास्थल गयो

नेपालखबर
साउन ९, २०८० मंगलबार २०:४३, दार्चुला

दार्चुलामा बालिकाको बेवारिसे शव फेला परेको छ। जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार अन्दाजी १५ वर्षकी बालिकाको शव सडेको अवस्थामा मङ्गलबार दिउँसो फेला परेको हो। बालिकाको शवलाई भारतीय नागरिकले देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए। 

घटनाबारे थप अनुसन्धान गर्न अहिले सुन्सेरा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र सिंह कार्कीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .