ad ad

सुदूरपश्चिम


विपिनको प्रतीक्षामा परिवार, आमा भन्छिन्– छोरो सकुशल काखमा आइपुगोस्

विपिनको प्रतीक्षामा परिवार, आमा भन्छिन्– छोरो सकुशल काखमा आइपुगोस्

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १९:५४, काठमाडौँ

इजरायल र आतंकवादी समूह हमासबीच भएको युद्धविरामको घोषणापछि हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको परिवार उनको सकुशल घरफिर्तीको प्रतीक्षा गरिहेका छन्।

इजरायल र हमासबीच चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई रिहा गर्न सहमति भएको समाचारले विपिन पनि चाँडै सकुशल घर फर्कनेमा जोशी परिवार आशावादी छ। 

‘छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका छौँ,’ विपीनका बुबा महानन्दले भने, ‘नेपाल सरकारले पहिलो चरणमै विपीनको रिहाइका लागि पहल गरिदेओस्।’    

जोशी परिवारले पटक–पटक परराष्ट्रमन्त्रीलाई विपिनको रिहाइको लागि पहल गरिदिन आग्रह गर्दै आएका छन्।

‘भगवान्‌सँग प्रार्थना गर्छु मेरो छोरो सकुशल मेरो काखमा आइपुगोस्,’ आमा पद्‌माले भने, ‘विपीन घर फर्किने बाटो कुरेर बसेका छौँ।’

आजै परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन्।

नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग आज सिंहदरबारमा भएको भेटमा परराष्ट्रमन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .