सुदूरपश्चिम


बझाङ १ मा एमालेका भण्डारी २ सय ६७ मतले विजयी

बझाङ १ मा एमालेका भण्डारी २ सय ६७ मतले विजयी

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १४:११, काठमाडौँ

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन्। 

विजयी भण्डारीले ११ हजार ६ सय १३ मत ल्याएर नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका हुन्। 

सिंहले ११ हजार ३ सय ४६ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

भण्डारीले २ सय ६७ मतले सिंहलाई पराजित गरेका हुन्। 

त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८ सय ३१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत पाए। 

२०७९ को निर्वाचनमा यो क्षेत्र नेपाली कांग्रेसले जितेको थियो।

यहाँबाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंह सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत भएका थिए।

गत असार ५ गते जिप दुर्घटनामा उनको निधन भएपछि यो क्षेत्र खाली थियो। 

बझाङको जितसँगै सुदूरपश्चिम प्रदेश सभामा अब एमालेसँग ११ सिट भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .