सुदूरपश्चिम


खैरो हेरोइनसहित नेपाल प्रवेश गरेका दुई भारतीय पक्राउ

खैरो हेरोइनसहित नेपाल प्रवेश गरेका दुई भारतीय पक्राउ

खैरो हेरोइनसहित पक्राउ परेका दुई भारतीय


नेपालखबर
माघ ६, २०८० शनिबार १२:३४, कञ्चनपुर

कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। 

भारतबाट नेपाल प्रवेश गर्ने क्रममा उनीहरुलाई बेलडाँडी गाउँपालिका–१ झरनासागरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको पिलिभित टाटरगञ्जका गुरमेश सिंह र सोही ठाउँका इरफान अली छन्। 

इलाका प्रहरी कार्यालय (बेलडाँडी) बाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा यूके ०६ एएल २१२० नम्बरको भारतीय मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरुको खानतलासी गरेको थियो।

त्यस क्रममा उनीहरुको साथबाट ३ ग्राम २० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको र उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .