सुदूरपश्चिम


२१ वर्षे युवकदेखि ७४ वर्षीय वृद्धसम्म ४ जना लागुऔषधसहित पक्राउ

२१ वर्षे युवकदेखि ७४ वर्षीय वृद्धसम्म ४ जना लागुऔषधसहित पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
फागुन १०, २०८० बिहिबार ९:७, कञ्चनपुर

कैलाली र कञ्चनपुरका छुट्टाछुट्टै ठाउँबाट लागुऔषध खैरो हेरोइन र चरेससहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २१ वर्ष युवकदेखि ७४ वर्षीय वृद्धसम्म छन्। 

प्रहरीका अनुसार कैलालीबाट १ र कञ्चनपुरबाट ३ जनालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर नगरपालिका–१ एयरपोर्टबाट ९८० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँका २३ वर्षीय आरोन थापा बुधबार बेलुका पक्राउ परेका हुन्। 

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनको साथबाट खैरो हेरोइन बरामद गरेको थियो। 

कञ्चनपुरको पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट ४४० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित कैलालीको गोदावरी नगरपालिका–८ का २१ वर्षीय बिरेन्द्र कठायत पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार खैरो हेरोइनसहित भारतको बसहीबाट नेपालतर्फ आउँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो। 

त्यस्तै पुनर्वास नगरपालिका–११ डोकेबजारबाट १ ग्राम ७७० मिलिग्राम खैरो हेरोइनसहित बैतडीको पाटन नगरपालिका–६ का २६ वर्षीय कमल भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। 

भारतबाट नेपालतर्फ आउँदै गर्दा उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

भीमदत्त नगरपालिका–४ पुरानो बसपार्कबाट १२९.६७ ग्राम लागुऔषध चरेससहित सोही ठाउँका ७४ वर्षीय शेरसिंह धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

लागुऔषधसहित समातिएका उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .