ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा लागुऔषध प्रयोग र ओसारपसार गर्ने ७७ जना पक्राउ, ८ महिला

कञ्चनपुरमा लागुऔषध प्रयोग र ओसारपसार गर्ने ७७ जना पक्राउ, ८ महिला

फाइल फोटो


नेपालखबर
जेठ १, २०८१ मंगलबार १७:२, महेन्द्रनगर (कञ्चनपुर)

प्रहरीले कञ्चनपुरमा लागुऔषधको कारोबार तथा दुर्व्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ। खैरो हिरोइन, चरेशलगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा आठ महिलासमेत छन्।

पक्राउ परेका सबैलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

प्रहरीले फागुनमा लागुऔषध मुद्दामा ३०, चैतमा २४ र वैशाखमा २३ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुबाट प्रहरीले ६ सय ८० ग्राम चरेस र ९३ ग्राम खैरोहिरोइनसमेत बरामद गरेको छ।

‘कञ्चनपुर कारागारमा ३५ प्रतिशतभन्दा कैदीबन्दी लागुऔषध मुद्दाका छन्’, प्रहरी उपरीक्षक जोशीले भने। प्रहरीले विभिन्न मुद्दामा अदालत र प्रशासनबाट कैद/जरिवाना भएर फरार रहेका एक सय १३ अभियुक्तलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याएको छ।

प्रहरीले फागुनमा ४३, चैतमा २९ र वैशाखमा ४१ फरार अभियुक्तलाई पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुर प्रहरीले तीन महिनायता नेपाल–भारत सीमानाकाबाट ४९ जनाको उद्धार गरेको छ। हराएका ९७ जनामध्ये ६२ जना फेला परेका प्रहरी उपरीक्षक जोशीले बताए।

‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत बाल विवाह न्युनिकरण, लागूऔषध दुर्व्यसन, आत्महत्या न्युनीकरणलगायतका कार्यक्रम जारी छन्’, उनले भने।

यसैगरी कञ्चनपुर प्रहरीले तीन महिनाको अवधीमा भारतबाट भन्सार छली गरी नेपाल ल्याएको रु एक करोड ५९ लाख मूल्यको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .