ad ad

सुदूरपश्चिम


गाईगोठमा बस्ने ४५ वर्षीया महिलाको शंकास्पद मृत्यु, अनुसन्धान गर्दै प्रहरी

गाईगोठमा बस्ने ४५ वर्षीया महिलाको शंकास्पद मृत्यु, अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १८:६, कञ्चनपुर

बाजुरामा एक महिला मृत अवस्थामा भेटिएकी छन्। बडीमालिका नगरपालिका–६ कुर्धाकी ४५ वर्षीय धौली बडुवाल शंकास्पद अवस्थामा मृत भेटिएकी हुन्।

स्थानीय बुढाकुर्धा भन्ने लेकमा वस्तुभाउ हेर्न गोठका बस्दै आएकी बडुवालको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीले बताए।

मंगलबार जिल्ला अस्पतालमा पोष्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाइएको छ। मृतकको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।

प्रहरीका अनुसार उनको टाउको र अनुहारमा चोट छ। यस्तै, मृतक बडुवाल बस्ने गोठको ढोका पनि रगत छ। उनको कुटपिटबाट हत्याको आशंका गरिएको छ।

प्रहरीका अनुसार गरगहना र साथको भएको पैशा मृतक सँगै भेटिएको छ।

‘घटना शंकास्पद छ। प्रारम्भिक अनुसन्धानबाट गरगहना र पैशा लुट्नका लागि घटना भएको देखिँदैन,’ डीएसपी गिरी भन्छन्, ‘त्यसैले हामी अन्य कोणबाट घटनाको विस्तृत अनुसन्धान गरिरहेका छौँ।’

घटनाका बारेमा केही स्थानीयसंग सोधपुछ गरिएको उनले बताए। तर अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिइएको उनको भनाइ छ। मृतक बडुवालका श्रीमान्को दुई दशकअघि नै मृत्यु भइसकेको छ।

कुर्धा भन्ने गाउँँमा मृतकका छोरा र बुहारी बस्ने गर्छन्। गाउँभन्दा करिब २ घण्टाको दुरीमा पर्ने लेकमा उनकी शारीरिक अशसक्त भएकी छोरी पनि बस्थिन्।

तर दुई दिनअघि मात्रै लेकबाट तल गाउँ झरेको खुलेको छ। पीडित परिवारले घटनाको निष्पक्ष अनुसन्धानको माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .