सुदूरपश्चिम


लागुऔषधसहित ४ जना पक्राउ

लागुऔषधसहित ४ जना पक्राउ

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर ८, २०८१ शनिबार ११:२, कञ्चनपुर

कैलाली र दार्चुलामा लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। कैलालीबाट ३ र दार्चुलाबाट एक जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो। 

कैलालीको गोदावरी नगरपालिका-८ फकलपुरका ३५ वर्षीय निर्मल चौधरीलाई १ ग्राम ५० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ। 

हिँडिरहेको अवस्थामा शंका लागेर जाँच गर्दा चौधरीको साथमा खैरो हेरोइन भेटिएको थियो। 

यस्तै कैलालीको लम्किचुहा नगरपालिका-३ चिसापानी खैरेनीमा चरेससहित दुई जना पक्राउ परे। इलाका प्रहरी कार्यालय चिसापानी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरको संयुक्त प्रहरी टोलीले कालिकोटको पचालझरना गाउँपालिका-६ का २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय वीरेन्द्र बुढालाई पक्राउ गरेको हो।

पूर्वपश्चिम राजमार्गमा उभिरहेका उनीहरूलाई शंका लागेर जाँच गर्दा झोलामा लुकाएको २ केजी ७५ ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ। 

दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ ऐरीछानाबाट चरेशसहत एक जना पक्राउ परेका छन्।

प्रहरी चौकी शंकरपुरपस्तीबाट  खटिएको प्रहरी टोलीले ५२ वर्षीय धनसिंह धामीलाई पक्राउ गरेको हो। उनको साथमा ६.९६ ग्राम चरेश फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad