सुदूरपश्चिम


कैलालीमा २३ वर्षीया आमा र २ वर्षकी छोरी घरभित्र मृत भेटिए

पति भारतमा, सासू पनि थिइनन्
कैलालीमा २३ वर्षीया आमा र २ वर्षकी छोरी घरभित्र मृत भेटिए

नेपालखबर
माघ २५, २०८१ शुक्रबार ८:४५, कञ्चनपुर

कैलालीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन्।

गोदावरी नगरपालिका-११ गोठानकी २३ वर्षीया नीरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी कामी मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार बेलुका आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

आफू सुत्ने कोठामा आमा र छोरी मृत फेला परेको डीएसपी कबिन्द्रसिंह बोहराले बताए।

उनका अनुसार आमाले काठको बल्लीमा डोरीले पासो लगाएको अवस्था थियो। झुण्डिएको देखेपछि मृतकका देबरले छिमेकी र प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा छिमेकीले छोरी प्रिन्सीको पासो फुकालिसकेका थिए।

मृतकका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन्।

घटनाका बेला उनकी सासू पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad