सुदूरपश्चिम


माओवादी अभियान टुंग्याउँदै प्रचण्डले भने– पार्टीको मात्रै रहेन, राष्ट्रिय अभियान बन्यो

माओवादी अभियान टुंग्याउँदै प्रचण्डले भने– पार्टीको मात्रै रहेन, राष्ट्रिय अभियान बन्यो

गोकुल जोशी
बैशाख १७, २०८२ बुधबार १८:५५, कञ्चनपुर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकीमार्गकेन्द्रित तराईमधेश जागरण अभियान अपेक्षा भन्दा धेरै राम्रो भएको बताएका छन्। 

अभियानका क्रममा झापादेखि कञ्चनपुरको महेन्द्रनगरसम्म पुग्दा माओवादी मात्रै नभएर अन्य पार्टीका जनप्रतिनिधिले देखाएको माया, भावनाले राष्ट्रिय अभियानको रुप लिएको उनको भनाइ छ।

‘सबै राजनीतिक दलहरुका पालिका जहाँ उनीहरुका सरकार छन्, ती पालिकाले हामीलाई हार्दिकताका साथ न्यायो स्वागत गरे। अभियानले देश बचाउने र देशमा केही हुन्छ भन्ने आशा जागेको छ भनेर भन्नुभयो,’ प्रचण्डले भने, ‘त्यसकारण अभियान यहाँसम्म आउँदा माओवादी केन्द्रको मात्रै रहेन। राष्ट्रिय अभियान भयो। तराइ मधेशमा रहेका सबै दलको साझा अभियान बन्न पुग्यो। हामीलाई गर्व छ।’

अभियानले अभुतपूर्व राष्ट्रिय एकताको आधार तयार पारेको बताउँदै दाहालले नेता र जनताबीचको सम्बन्ध सुदृढ समेत भएको बताए। आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा राम्रो काम गरिरहेका बेला अप्रजातान्त्रिक ढंगले रातको अध्यारोमा सरकारबाही बाहिर पठाइएको प्रचण्डले आरोप लगाए। 

भ्रष्ट्राचारीलाई बचाउन आफू नेतृत्वको सरकार ढालिएको उनको आरोप छ। ‘सुशासन र सामाजिक न्यायको पक्षमा सकरात्मक कदम चालेका थियौँ तर दलाल र बिचौलियालाई मन परेन,’ अभियानको समापन गर्दै प्रचण्डले भने, ‘हामीलाई अप्रजातान्त्रिक तरिकाले रातको अध्यारोमा सरकार बाहिरि पुर्‍याए।’

सरकारबाट बाहिरिएपछि जनताको माझमा गएर भ्रष्टाचारका विरुद्ध नयाँ लडाइँ लडेको उनले बताए। अगामी दिनमा नयाँ शक्तिका साथ भ्रष्टाचार विरुद्ध नयाँ क्रान्ति अगाडि बढाउन सक्ने र शान्तिपूर्ण क्रान्तिको नयाँ चरणबाट समाजवादतिरको यात्रामा अगाडि बढ्ने प्रचण्डको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad