सुदूरपश्चिम


कर्णालीमा ५९ प्रतिशत विद्यार्थी एसईई उत्तीर्ण

कर्णालीमा ५९ प्रतिशत विद्यार्थी एसईई उत्तीर्ण

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १९:८, काठमाडौँ

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा कर्णाली प्रदेशबाट ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नेपालभरि ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा कर्णालीबाट ५९ दशमलव पाँच प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्। 

गतवर्ष कर्णालीमा ५६ दशमलव ७८ प्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण हुँदा यस वर्ष दुई प्रतिशतले बढेको हो। उत्तीर्ण हुनेमा सबैभन्दा बढी रुकुम पश्चिममा ७९ दशमलव ३४ प्रतिशत विद्यार्थी छन्। सबैभन्दा कम दैलेखमा ३१ दशमलव ८२ प्रतिशत रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी तथा वरिष्ठ शिक्षा अधिकृत खीमप्रसाद ढकाल जानकारी दिए।

मुगु ७५ दशमलव ९०, कालिकोट ७३ दशमलव १३, सल्यान ६८ दशमलव ५२, जुम्ला ६८ दशमलव १७, सुर्खेत ५८ दशमलव १९, हुम्ला ४९ दशमलव ३७, डोल्पा ४६ दशमलव ६९ र जाजरकोट ४५ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका उनले बताए। उनका अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी सुर्खेतबाट ४७६ विद्यार्थीले चार जीपीए ल्याएर उत्तीर्ण भएका छन्।

परीक्षामा सात हजार १८८ विद्यार्थी सहभागी भएका शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी ढकालले उल्लेख गरे। सबैभन्दा कम डोल्पाबाट तीन जना विद्यार्थीले चार जीपीए ल्याएर उत्तीर्ण भएका छन्। त्यहाँबाट ६३४ जना परीक्षामा सहभागी थिए।

सल्यानबाट तीन हजार ९८७ मध्ये २२७, रुकुम पश्चिमबाट तीन हजार ७८० मध्ये १९०, दैलेखबाट चार हजार ३०६ मध्ये १३०, जुम्लाबाट दुई हजार १३३ मध्ये ११६, कालिकोटबाट तीन हजार १४ मध्ये ७६, मुगुबाट एक हजार ३९४ मध्ये ४३, जाजरकोटबाट चार हजार ६२२ मध्ये ३१ र हुम्लाबाट ९५० मध्ये आठ जनाले चार जिपिए ल्याएर उत्तीर्ण भएका छन्। कर्णाली प्रदेशबाट ३२ हजार ३३६ विद्यार्थी परीक्षामा सहभागी भएकोमा १३ हजार २४१ ननग्रेडेड रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad