राति १०:४५ बजे पाँचपटकको विश्वविजेता ब्राजिलले एसियाली ‘पावरहाउस’ जापानको सामना गर्दै छ।
विश्वकपमा यी दुई टोलीको यो दोस्रो भेट हो। दोस्रो भेटमा जापानसामु ब्राजिललाई हराएर २० वर्षअघिको बदला लिने अवसर छ।
यसअघि यी दुवै देशले सन् २००६ मा जर्मनीमा भएको विश्वकपको समूह चरणमा खेलेका थिए। यो नै विश्वकपमा उनीहरुको पहिलो भेट थियो।
आजै राति सवा २ बजे जर्मनी र पाराग्वे खेल्नेछन्। जर्मनी समूह ‘ई’को विजेता र पाराग्वे समूह ‘डी’बाट तेस्रो स्थानमा रहँदै नकआउट पुगेको हो।
भोलि बिहान पौने ७ बजे नेदरल्यान्ड्स र मोरक्को खेल्नेछन्। मोरक्को समूह ‘सी’को उपविजेता र नेदरल्यान्ड्स समूह ‘एफ’को विजेताको रुपमा नकआउट चरणमा पुगेको हो।
नेदरल्यान्ड्सले २ खेलमा जित र एक खेलमा बराबरी गरेको थियो। मोरक्कोले पनि समूह ‘सी’को उपविजेताको रुपमा नकआउट पुगेको हो।
असार १५, २०८३ सोमबार १७:२२

प्रतिक्रिया