ग्लोबल


भारतीय वायुसेनाको विमान राजस्थानमा दुर्घटना, प्रहरीको टोली घटनास्थलमा

भारतीय वायुसेनाको विमान राजस्थानमा दुर्घटना, प्रहरीको टोली घटनास्थलमा

घटनास्थल। तस्बिर : आजतक


नेपालखबर
बैशाख १३, २०८१ बिहिबार ११:१७, काठमाडौँ

भारतीय वायुसेना (आईएएफ) को यूएभी विमान राजस्थानको जैसलमेरमा दुर्घटनाग्रस्त भएको छ। प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ।

भारतीय पत्रिकाका अनुसार विमान नियमित उडानमा थियो। दुर्घटनामा कुनै पनि भौतिक वा मानवीयक्षतिको खबर छैन।

यो दुर्घटना जैसलमेरको पिथला क्षेत्रमा भएको हो। प्रहरी उपरीक्षक सुधीर चौधरीले यो टोही विमान हुन सक्ने बताएका छन्।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी र भारतीय वायुसेनाका अधिकारी घटनास्थलमा पुगेका छन्।

विमान जलेर ध्वस्त भएको समाचारमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .