खेल


साविक उपविजेता एपीएफको विजयी सुरुवात

साविक उपविजेता एपीएफको विजयी सुरुवात

नेपाल पुलिस क्लवलाई ३-१ काे सेटमा पराजित गर्दै पहिलाे जित निकालेकाे हाे। तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख १२, २०८१ बुधबार १६:४१, काठमाडौँ

साविक उपविजेता एपीएफ क्लबले सातौँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। 

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको दाेस्राे खेलमा नेपाल पुलिस क्लवलाई ३-१ काे सेटमा पराजित गर्दै पहिलाे जित निकालेकाे हाे। 

एपीएफले पुलिसलाई २५-२१,२२-२५,२५-१७ र २५-१६ ले पाखा लगायाे। जितसँगै अंकतालिका ३ अंक जाेडेकाे छ। आजै भएकाे पहिलाे खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मीलाई ३-१ कै सेटमा हराएकाे हाे। 

४ टोली सहभागी प्रतियोगिताको राउण्डरोविनपछि दुई टोलीले शनिबार फाइनल खेल्नेछन्। पुछारका दुई टोलीले तेस्रो र चौथो स्थानका लागि खेल्नेछन्। 

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन्। विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .