ad ad

कारोबार


द ग्लोबल फन्डले दिने ८७ हजार डलरको औषधिमा अर्थमन्त्री पुनले दिए भन्सार छुट

द ग्लोबल फन्डले दिने ८७ हजार डलरको औषधिमा अर्थमन्त्री पुनले दिए भन्सार छुट

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १६:३७, काठमाडौँ

द ग्लोबल फन्डले नेपाललाई ८७ हजार ३ सय ६१ अमेरिकी डलर बराबरको औषधि सहायता प्रदान गर्ने भएको छ। 

सेभ द चिल्ड्रेनमार्फत फन्डले स्वास्थ्य सेवा विभागलाई मलेरियाको औषधि सहयोग गर्न लागेको हो। 

फन्डले मलेरिया र्‍यापिड डाइग्नोस्टिक टेस किट ८ हजार प्रति दिनेछ। उक्त औषधि आयात गर्दा भन्सार छुट प्रदान गर्ने अर्थमन्त्री वर्षमान पुनले निर्णय गरेका छन्। 

अर्थमन्त्री पुनले चैत २५ गते मन्त्रीस्तरीय निर्णय गरेर भन्सार छुट प्रदान गर्न भन्सार विभाग तथा भन्सार कार्यालयहरुलाई लिखित निर्देशन जारी गरिसकेको अर्थ मन्त्रालयले जनाएको छ। 

अर्थमन्त्रीको निर्देशनअनुसार सेभ द चिल्ड्रेन नामक संस्थाको नाममा नेपाल आउने गरी भन्सार छुट प्रदान भन्सार कार्यालयले गर्नुपर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .