Authors


कांग्रेस अधिवेशनः पोखरा महानगर समितिको सदस्य पदमा आवश्यकभन्दा पनि कम उम्मेदवारी

कांग्रेस अधिवेशनः पोखरा महानगर समितिको सदस्य पदमा आवश्यकभन्दा पनि कम उम्मेदवारी

अधिवशेन उद्घाटनको तस्बिर


वाशुदेव मिश्र
भदौ २६, २०७८ शनिबार २२:२३, काठमाडौँ

नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिका लागि पदाधिकारीका आंकाक्षी बढी देखिए पनि सदस्य पदमा भने आवश्यकभन्दा पनि कम उम्मेदवारी परेका छन्। 

सबैभन्दा कम चासो जनजाति र महिलातर्फका सदस्य पदमा देखिएको छ भने खसआर्य सदस्यमा पनि आवश्यक संख्या पुगेको छैन। वडाहरूबाट पठाउनुपर्ने एक महिलासहित ३ जना सदस्यका लागि भने धेरैजसो वडाबाट सर्वसम्मत आवश्यक सदस्यको नाम पठाइका छन्। 

कांग्रेसको विधानअनुसार स्थानीय तहका प्रत्येक वडाबाट एक महिलासहित ३ सदस्य हुनुपर्छ। यसअनुसार पोखरा महानगरका ३३ वटा वडाबाट ९९ जना सदस्य रहनेछन्। यस्तै पदाधिकारी ८ जना रहनेछन्। अल्पसंख्यक र समावेशिताका आधारमा पोखरा महानगरमा कांग्रेसको १६५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ। 

सदस्यमा चासो कम देखिए पनि सभापतिका लागि ६ जना, २ उपसभापतिका लागि ६ जना र २ सचिवका लागि ३ जना र २ सहसचिवका लागि ७ जनाले उम्मेदवारी दिएका छन्।

करिब १४ हजार क्रियाशील सदस्य र १४ सयको हारहारीमा क्षेत्रीय प्रतिनिधि भएको महानगर समितिका सदस्यमा भने  आवश्यक संंख्या पनि उम्मेदवारी नपरेपछि कांग्रेस धर्मसंकटमा परेको छ। 

कांग्रेस कास्कीका सभापति कृष्ण केसीले चुनावी कार्यतालिका परिवर्तन भएकाले आवश्यक पदमा पुनः मनोनय पत्र दाखिला गराउन सकिने बताए।

उनले चुनावी प्रक्रिया र महानगर कार्यसमिति सदस्यको भूमिका कस्तो हुन्छ भन्ने नबुझेकाले पनि कम उम्मेदवारी परेको दाबी गरे। क्षेत्रीय प्रतिनिधि बनेकाहरू संघ, प्रदेश र जिल्ला कार्यसमितिमा जान चाहनेहरू बढी हुनाले पनि यो अवस्था आएको उनको भनाइ छ।  

दलिततर्फ ४ महिलासहित ९ सदस्य आवश्यक पर्नेमा ३ जनाले मात्रै मनोननय बुझाएका छन्। सम्झना नेपाली र प्रतिमा विश्वकर्माले मात्रै महिला सदस्यमा मनोनयन पत्र दाखिला गरेका छन् भने पुरुषमा प्रदीप परियारको मात्रै उम्मेदवारी परेको छ।  

यता १२ महिलासहित २५ जना आदिवासी जनजाति सदस्यमा १० जनाको मात्रै मनोनयन परेको छ। मनोनयन बुझाउनेमध्ये राममाया मानन्धर मात्रै महिला छन् भने बाँकी सबै पुरुष हुन्। मनोनयन बुझाउनेमा यमप्रसाद गुरुङ,मोहनबहादुर राना,नरबहादुर श्रेष्ठ,देवेन्द्र पालिखे,गंगाबहादुर पुन,विग्नेस थापा मगर,राजन श्रेष्ठ,अशोक तामाङ र सुदर्शन गुरुङ छन्। 

खसआर्यतर्फ १५ महिलासहित ३० सदस्य चाहिनेमा जम्मा २२ जनाको उम्मेदवारी परेका छन्। १५ जना महिला अनिवार्य भएको सो समूहमा ८ जनाले मात्रै मनोनयन दर्ता गराएका छन्। 

बाँकी ७ महिला सदस्यमा कसैले चासो दिएननन्। मनोनयन बुझाउनेहरूमा अम्बिका ढुंगाना, राधिका सिग्देल, शान्तिदेवी अधिकारी, गंगा केसी, सरस्वती क्षेत्री, जमुनादेवी थापा, कमला गिरी र लक्ष्मी लामिछाने छन्।

मनोनयन बुझाउने पुरुषहरूमा विष्णुप्रसाद घिमिरे, बलप्रसाद पौडेल, सुवास खड्का, दीपक अधिकारी, सुमनराज ढकाल, थानेश्वर तिवारी, रवीन्द्रप्रसाद बराल, बलबहादुर थापा, प्रमेश पराजुली, ध्रुवमणि लामिछाने, भरतराज आचार्य, ऋषिकान्त पराजुली, श्रवणकुमार अधिकारी र प्रकाश बास्तोला छन्। 

मुस्लिम सदस्यका लागि आरक्षित एक पदमा अफिजल अन्सारीको मात्रै मनोनयन परेको छ। मधेसी कोटाका लागि मनोनय परेको छैन भने अपांगता भएकाका लागि आरक्षित प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि पदमा आवश्यकताअनुसार नै हेलेना श्रेष्ठ र भरतचन्द्र आचार्यको मनोनयन परेका छन्।  

यता नेपाली कांग्रेस पोखरा महानगरका वडाहरूबाट प्रत्यक्षतर्फ एक महिलासहित ३ सदस्यका लागि २ वटा वडामा मात्रै प्रतिस्पर्धा हुने देखिएको छ। 0 वडा नम्बर २ मा खुल्लातर्फ २ सदस्यका लागि ४ जना र वडा नम्बर ५ मा एक महिला सदस्यका लागि २ जनाको उम्मेदवारी परेका हुन्। 

वडा नम्बर २ मा महिला सदस्यका लागि सारदा सिग्देलको मात्रै मनोनयन परे पनि खुला २ सदस्यका लागि उत्तममान बुद्धाचार्य, मनिष सुवाल, प्रभास पराजुली र शिवप्रसाद बरालले मनोनयन बुझाएका छन्। 

वडा नम्बर ५ मा खुला २ सदस्यमा धनञ्जय पौडेल र वीरेन्द्रबहादुर हमालको मात्रै मनोनय परेका छन् भने एक जना महिला सदस्यका लागि लक्ष्मी कार्की र संगीता पोखरेलले मनोनयन बुझाएपछि प्रतिस्पर्धाको अवस्था आएको हो। तर  मनोनयनमा दाबा÷विरोध, उम्मेदवारी फिर्ता लिन भने बाँकी छ।  

वडा नम्बर ८ मा खुलातर्फ २ सदस्यका लागि लेखनाथ सुवेदीको मात्रै मनोनयन परेको छ। महिला सदस्यमा भने  आवश्यकताअनुसार मेनका बरालले मात्रै मनोनयन दर्ता गराएकी छन्। वडा नम्बर २० बाट कसैको पनि मनोनय परेको छैन। सहमतिको प्रयास गर्दागर्दै त्यहाँबाट कसैले पनि मनोनयन पत्र नबुझाएका हुन्। 

|बाँकी वडाबाट आवश्यक ३ जना मात्रै सदस्य पठाइएको छ। कांग्रेसको १४औं महाधिवेशनको निर्वाचन तालिका परिवर्तन भएसँगै कांग्रेस महानगर कार्यसमितिको चुनाव आउँदो असोज २० गते हुँदै छ। दर्ता गरिएका मनोनयन कायमै रहने र बाँकी निर्वाचन प्रक्रियामा जाने कास्कीका निर्वाचन अधिकृत आरसी विमलले जानकारी दिए। अब थप मनोनयन दाखिला हुने÷नहुनेबारे भने केन्द्रको निर्णय नै अन्तिम हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .