अटो


टीभीएसको अनलाइन बिक्री सुरु

टीभीएसको अनलाइन बिक्री सुरु

नेपालखबर
असार १, २०७७ सोमबार १५:५३,

जगदम्बा मोटर्स प्रा.लि. नेपालले आफ्ना सबै बाइकहरु तथा स्कूटरहरुको अनलाइन टीभीएसनेपालडटकम/सप मार्फत् बिक्री सेवा शुरु गरेको छ। कम्पनीका अनुसार यो साइटमा गएर ग्राहकहरुले यसको उत्कृष्ट विशेषताका साथ बिक्री सम्बद्ध सबै प्रकारका कार्यहरुका बारेमा जानकारी लिन सक्नेछन्।

जसमा ग्राहकहरुले विशेषताहरुका बारेमा स्पष्ट जानकारी पाउनुका साथै सवारीका बारेमा वित्तीय र अन्य पक्षहरु जसले ग्राहकलाई पारदर्शी र सम्भव भएसम्मको यथार्थ विवरण उपलब्ध गराएर एक प्रत्यक्ष अनुभव गराउने कम्पनीले जनाएको छ।

यस प्रणालीले ग्राहकलाई समग्र खरीद प्रक्रियाका बारेमा निर्देशित गर्नेछ र अर्डर गरिएका सवारी साधनहरु ग्राहकद्वारा उल्लेखित ठेगानामा कम्पनीको कर्मचारी स्वयमले पु-याइदिनेछन्। साथै परिस्थितिलाई मध्यनजर राखेर निकट भविष्यमै शोरुम र अन्य सर्भिस केन्द्रहरु भौतिक दूरी कायम गरी सञ्चालन गर्ने योजना रहेको पनि टीभीएस कम्पनीको भनाई छ।

वर्तमान लकडाउनको परिस्थितिलाई केही खुकुलो बनाउने प्रयत्न सरकारले गरेको छ, जसले गर्दा केही कार्यालयहरु, व्यवसायहरु, उद्योग धन्दाहरु सुचारु हुन थालेका छन् तर सार्वजनिक यातायात सञ्चालन नभएको हुँदा कार्यालय आवतजावत गर्नमा कठिनाई पनि उत्पन्न भैरहेको छ भने स्वास्थ्य सुरक्षाको दृष्टिकोणले पनि त्यस्ता भिडभाड हुने यातायातमा यात्रा गर्नु खतरा हुने देखिएको छ। यही तथ्यलाई मनन गर्दै जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरुका लागि सुविधाजनक सेवा उपलब्ध गराएको छ।

अनलाइन बिक्री सेवा सुचारु गर्दै जगदम्बा मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक साहिल अग्रवालले भने, ‘आज हामी सबै एउटा जटिल परिस्थितिसँग जुधिरहेका छौं र यो परिस्थितिमा हामीले हाम्रो व्यवसाय, दैनिकी जीवनलाई गति दिन पनि परेको छ भनें आफ्नो स्वास्थ्य सुरक्षामा पनि विशेष ध्यान दिन जरुरी भएको छ। अतः अहिलेको अवस्थामा स्वास्थ्यका दृष्टिकोणले २ पांग्रे सवारी साधन अत्यन्त सुरक्षित साधन हुन सक्दछ र यसप्रति धेरै ग्राहकहरुको आकर्षण बढेको पनि छ। यसैले शोरुम सञ्चालन नभैरहेको परिप्रेक्ष्यमा हामीले आफ्ना ग्राहकहरुलाई अनलाइन् मार्फत नै २ पाँग्रे सवारी साधन बिक्रि गर्ने लक्ष्य लिएका छौं। आशा छ, यो सेवाले ग्राहकहरुलाई सुरक्षित रहन र आफ्नो कार्यलाई अघि बढाउन मद्दत पुग्ने नै छ।’

अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम विश्वख्यिात कम्पनी टिभीएसले उत्पादन गरेका टिभीएस मोटरसाइकल तथा स्कूटरहरु मध्ये नेपालमा १०० देखि ३१० उपलब्ध छन्। विश्वका ६२ देशमा उपलब्ध टिभीएस ब्राण्डका मोटरसाइकल तथा स्कूटरहरु नेपालमा भारत तथा इण्डोनेशीयामा निर्मित मजबुत, आकर्षक र स्टाइलिस डिजाइनमा उपलब्ध छन्।

कम्पनीका अनुसार नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad