समाज


आरडीटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण

आरडीटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण

नेपालखबर
असार १, २०७७ सोमबार १६:५,

हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडीटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुंगामुढा प्रहार गरेका छन्। भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिीटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि हमला गरेका हुन्।

उनीहरु क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि आज अपराह्न गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफैँ आरडिटी गर्न पुगेका थिए। परीक्षणमा पोजेटिभ आएपछि उनीहररुले उनीमाथि आक्रमण गर्दा छातीमा गम्भीर चोट लागेकाे छ।

अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड– १९ रोकथाम तथा नियन्त्रण समिति फोकल पर्सन ओमजंज शाहीले जानकारी दिए। स्वास्थ्यकर्मी भण्डारी अहिले बोल्न सक्ने स्थितिमा नभएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad