अटो


टाटा मोटर्सले ल्यायो सरकारको मापदण्ड अनुरुप विंगर एम्बुलेन्स

टाटा मोटर्सले ल्यायो सरकारको मापदण्ड अनुरुप विंगर एम्बुलेन्स

नेपालखबर
असार १९, २०७७ शुक्रबार १५:२२,

टाटा मोटर्सले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार नयाँ विंगर एम्बुलेन्स ल्याएको छ।

टाटा मोटर्सले ल्याएको विंगर एम्बुलेन्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि रहेको छ। कम्पनीका अनुसार टाटा विंगर एम्बुलेन्स, यस्तो पहिलो एम्बुलेन्स हो जुन पूर्ण रूपमा ‘एआईएस १२५’ र नेपाल सरकार स्वास्थ्य र जनसंख्या मन्त्रालयको मान्यता अनुरुप बनेको छ र जसले बिरामीहरूको सुरक्षा र सुविधाको लागि उच्च मापदण्डहरू पनि पूरा गरेको छ।

विंगर एम्बुलेन्स बिरामीको सुरक्षा र देखभालका लागि उत्तम सहयोगीको रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ। तीन भिन्न वर्गहरूमा उपलब्ध एम्बुलेन्स क्याटगोरी ‘सी’ कमन लाइफ सपोर्ट, क्याटगोरी ‘बि’ बेसिक लाइफ सपोर्ट र क्याटगोरी ‘ए’ एड्भान्स लाइफ सपोर्ट रहेका छन्।

क्याटगोरी ‘सी’ दुई एसी र अ स्ट्रक्चर कम्बाइण्ड बेड सहित यसमा सहयोगीहरूको लागि बस्ने ठाउँ पर्याप्त हुनेछ।

क्याटगोरी ‘बि’ त्यसबाहेक एसीजी मोनिटर र अक्सिजन मोनिटर, सीपीआर बोर्ड, क्याथाराइजेसन सेट्स, स्पिलन्डस र ओबी किट, म्यानुअल सक्सन सेट, नेबुलाइजर सेट र अन्य धेरै सुविधाहरू यसमा रहेको छ।

क्याटगोरी ‘ए’ यात्रा गर्दा भेन्टिलेटर जस्तो अति आवश्यक सुविधाको साथसाथै यसमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एइडी), चेस्ट ड्राइनेज ट्युब्स, हेमोट्यास्टिक्स जस्ता जस्ता अन्य सुविधाहरु पनि उपलब्ध हुनेछन्।

३ वर्ष वा ३ लाख किलोमिटर (जुन पहिला हुन्छ त्यही) को वारेन्टी प्रदान गर्ने टाटा विंगर एम्बुलेन्स अरुभन्दा भरपर्दो र विश्वाशिलो छ। टाटा को अन्य सवारीहरु जस्तै यो विंगर पनि सिप्रदी ट्रेडिंगको ३२ ओटा बिक्रेता टचपोइन्ट्समा उपलब्ध हुनेछ।

यसबारेमा कुरा गर्दै टाटा मोटर्सको कमर्सियल सवारीका अन्तर्राष्ट्रिय व्यापारका प्रमुख रुद्ररूप मैत्र भन्छन्, ‘टाटा मोटर्सलाई नेपाली मनले निक्कै मायाको साथ स्वीकारेका छन् र त्यसैले टाटा मोटर्स नयाँ मोडल र विविध किसिमका सवारीहरु नेपालमा भित्र्याउने चाहना राख्दछ। अनि यो टाटा विंगर एम्बुलेन्स मार्फत टाटा मोटर्सले नेपालमै पहिलो पटक सबै सुविधाले युक्त एआईएस १२५ र नेपाल सरकार स्वास्थ्य र जनसंख्या मन्त्रालयको मापदण्ड अनुरुप एम्बुलेन्स ल्याएको छ। यो लाइफ सपोर्टको आधारमा ३ वर्गहरूमा उपलब्ध छ, क्याटगोरी सी (कमन लाइफ सपोर्ट), क्याटगोरी बि (बेसिक लाइफ सपोर्ट) र क्याटगोरी–ए (एड्भान्स लाइफ सपोर्ट) मा उपलब्ध छ। नयाँ विशेष विशेषताहरु अनि नेपालको सडक यात्रालाई सुहाउदो हुनेगरी तयार भएको यो एम्बुलेन्सले नेपालमा नयाँ सम्भावनाहरु लिएर आउँनेमा म विश्वस्त छु। हामीलाई विश्वास छ कि सिप्रदी ट्रेडिङ्ग प्रा ली ले कैयौं दशकदेखि हाम्रा अन्य सवारीहरुलाई दिएको साथ र उत्साह जसरी नै यो एम्बुलेन्सको बिक्रि गराउनको लागि हामीलाई सहयोग गर्नेछ। त्यसबाहेक, हामीलाई यो पनि विश्वास छ कि टाटा विंगर को यो एम्बुलेन्सले नेपालको सेवा र यहाँको स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रमुख भूमिका खेल्नेछ।’

त्यसैगरि, टाटा विंगर एम्बुलेन्सको कुरा गर्दा सिप्रदी ट्रेडिङ्ग प्रा ली का सीइओ राजन बाबु श्रेष्ठ भन्छन्, ‘अहिलेको अवस्थालाई हेर्ने हो भने हामी सबैले आफ्नो स्वास्थ्य र समृद्धिको चाहना राखेका छौं। टाटा मोटर्ससँगको साझेदारी र सामाजिक दायित्व बोकेको एउटा कम्पनी भएको हिसाबले हामीले समग्रमा समाजको कल्याण हुने सवारी साधनहरु प्रस्तुत गर्नमा सधैँ प्रतिबद्दता देखाएका छौं। त्यही हौशलाको साथ हामीले तपाईंहरु माझ टाटा विंगर एम्बुलेन्स ल्याएका छौं र हामीलाई विश्वास छ कि यो एम्बुलेन्स ‘नेपालको औपचारिक सेवाको लागि विशेष’ भएर प्रस्तुत हुनेछ। टाटा विंगरको स्कुल सवारी, सार्वजनिक सवारी र पर्यटन क्षेत्रको सवारीको सफलताले विंगर नेपालमा एउटा चिरपरिचित र स्थापित सवारी भएको छ। हामीलाई विश्वास छ कि यो एम्बुलेन्स हाम्रो स्वास्थ्य क्षेत्रको लागि अत्यन्तै लाभकारी सावित हुनेछ। नेपाल सरकारको अनुसार एम्बुलेन्स जस्ता आकस्मिक सवारीहरुमा भन्सार छुट हुन्छ। असल उद्देश्य लिएर निर्माण भएको यो उत्कृष्ट सवारी तपाईंहरु माझ पुर्याउने माध्यम हामी हुन पाउँदा हामी निक्कै खुशी छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad