अटो


‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ सार्वजनिक, चार लाख रुपैयाँसम्म डिस्काउन्ट

‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ सार्वजनिक, चार लाख रुपैयाँसम्म डिस्काउन्ट

नेपालखबर
असोज १२, २०७७ सोमबार ९:२९,

नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ। योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउने छन्।

ग्राहकहरुको चाडपर्वलाई अझ उत्सवमय बनाउन कम्पनीले डिस्काउन्टका अतिरिक्त अन्य सुविधा पनि दिएको छ। यो योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बीमा सुविधा पाउनेछन्। योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै बेहोर्नेछ।

कम्पनीले ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना अन्तर्गत दिएको डिस्काउन्ट र अन्य सुविधा देशभरका किया डिलरबाट लिन सकिने बताइएको छ।

कम्पनीले केही दिनअघि कियाको भारतस्थित प्लान्टमा निर्मित सोनेटको मूल्य सार्वजनिक गर्दै त्यसको बुकिङ पनि खुल्ला गरेको छ। कम्पनीका अनुसार सोनेटको सुरुआती मूल्य ३५ लाख ९० हजार तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad