भारतमा नयाँ प्रविधि हाइड्रोजन फ्युल सेलबाट नयाँ गाडी निर्माण गरिएको छ। यो प्रविधि भारतमा पहिलो पटक संयुक्त रुपमा काउन्सिल फर इन्डस्ट्रियल रिसर्च र केपीआईटीले परीक्षण गरेका हुन्।
टोयोटा र हुन्डाईले प्रयोगमा ल्याइसकेको एचएफसी प्रविधि भारतमा सन् २०१६ मै संयुक्त रुपमा यो प्रविधि विकास गर्नका सम्झौता भएको थियो।
विश्व अटो बजारमा जिरो इमिसनका लागि विद्युतीय गाडी हाइड्रोजन फ्युल सेलको प्रतिस्पर्धा रहेको छ। विद्युतीय गाडी धेरै देशमा प्रयोगमा आइसके पनि हाइड्रोजन फ्युल प्रविधिमा आधारित गाडीको भर्खर विकास भइरहेको छ।
पेट्रोल र डिजेल प्रविधिले बढी प्रदूषण गरेको भन्दै अटोमोबाइल्स क्षेत्रमा नयाँ प्रविधिको खोजी भइरहेको थियो। हाइड्रोजन फ्युल प्रविधिले हाइड्रोजन र अक्सिजनका बीच केमिकल रियाक्सन भएर इलेक्ट्रिक इनर्जी उत्पादन गर्छ।
उक्त प्रविधिको विकास र विस्तार भएमा विश्वमा वायु प्रदूषण घटाउन निकै सहयोगी हुने विश्वास लिइएको छ।
Shares

प्रतिक्रिया