नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र ग्यालेक्सी अटो प्रालिको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा म्याक परिवारको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
म्याक ल्युब्रिकेन्टस भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडको उत्पादन हो।
म्याक परिवारको मुख्य उद्देश्य म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स् हरुलाई एउटै परिवारमा बाधेर विभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ।
यसमा म्याक परिवारका सदस्यहरुले मेकानिक ईन्स्योरेन्स्, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्नेछन्।
यसबाहेक अन्य सुविधाहरु, व्यावसायिक तालिम, ल्युब्रिकेन्टसम्बन्धी ब्रोसर÷बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन्।
उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडका तर्फवाट म्याक ल्युब्रिकेन्ट्सका क्षेत्रीय प्रवन्धक राजिव कुमार, कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ट्रेडिङ्ग प्रालिका डेपुटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ तथा ग्यालेक्सी अटोका तर्फबाट विभिन्न व्यक्तिको उपस्थिति थियो।
Shares
प्रतिक्रिया