जापानी प्रिमियम ब्राण्ड माज्दाका दुई मोडल एक महिनाभित्र नेपाल भित्रने भएका छन्। पारामाउन्ट मोटर्सले फेब्रुअरी महिनाभित्र नेपाल आइपुग्ने जानकारी दिएको हो।
विशाल ग्रुप अन्तर्गतको पारामाउन्ट मोटर्सले डिलर लिएपछि पहिलोपटक माज्दा सीएक्स ५ र सीएक्स ९ एसयुभी मोडलको बुकिङ खुल्ला गरेको छ।
माज्दा सीएक्स ५ सुरुवाती मूल्य १ करोड २५ लाख ९० हजार रहेको छ भने सीएक्स ९ को १ करोड ६३ हजार ४९ हजार मूल्य तोकेको छ।
यसअघि माज्दाका गाडी पद्मश्री मोटर्सले बिक्री गर्दै आएको थियो। गतवर्ष चैतमा पारामाउन्ट मोटर्स आधिकारिक वितरकको रुपमा चयन भएको थियो। कोभिड १९ कारण केही ढिला भएको कम्पनीेले जनाएको छ।
‘माज्दाका गाडीप्रति नेपालीको धेरै चासो रहेको छ। बुकिङ खुल्ला नै रहेको छ,’ प्यारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले नेपालखबरसँग भने ‘हामीले बुकिङ खुल्ला गरेका दुई मोडल यहि फेब्रुअरी भित्र नेपाल आउँछन्।’
माज्दा गाडीको आधिकरिक विक्रेता पारामाउन्ट मोटर्सले काठमाडौंको नक्सालमा शोरुम बनाउँदै छ।

प्रतिक्रिया