अटो


चैत ८ गते फोटनको नयाँ सोरुम सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

चैत ८ गते फोटनको नयाँ सोरुम सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

नेपालखबर
चैत ३, २०७७ मंगलबार १६:१४,

नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले ललितपुर, बालकुमारीमा चैत ८ गते आफ्नो विश्वस्तरीय सोरुम सार्वजनिक गर्ने भएको छ।

आफ्ना ग्राहकलाई आत्मविश्वास दिलाउनुका साथै उत्कृष्ट सेवा दिन एमएडब्लु वृद्धिले तीन करोड रुपैयाँभन्दा लगानी गरेर २५ सय स्क्वायर फिटमा फैलिएको नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुम सञचालनमा ल्याउन लागेको हो।

नेपालका चर्चित मिडिया पर्सनालिटी सुरज सिंह ठकुरीले संचालन गर्ने ‘लन्च सेरेमोनी’ फोटन मोटर नेपालको फेसबुक, इन्टाग्राम र युट्युब च्यानलमा आइतबार दिउँसो १ बजे प्रत्यक्ष प्रसारण गरिनेछ।

नेपालमा फोटनको ‘ठूलो योजना’अन्तर्गत एमएडब्लु वृद्धिले आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट सेवा दिन यसअघि नै नेपालका विभिन्न १२ स्थानमा आधिकारिक सर्भिस सेन्टर स्थापना गर्नुका साथै थप अन्य स्थानमा सर्भिस तथा स्पेयर पार्ट सञ्जाल विस्तार गर्ने योजना बनाएको छ।

फोटन चीनको नम्बर १. कमर्शियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो।

फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन्। हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान विक्रीवितरण गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad