अटो


बजाजको नयाँ शोरुम अब फिदिममा

बजाजको नयाँ शोरुम अब फिदिममा

नेपालखबर
चैत ३, २०७७ मंगलबार १६:२,

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले फिदिममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘समृद्धि एण्ड ब्रदर्स प्रा. लि’ को उद्घाटन गरेको छ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले फिदिममा पनि शोरुम सञ्चालनमा ल्याएको जनाएको छ।

यस उद्देश्यलाई सार्थक बनाउन 'समृद्धि एण्ड ब्रदर्स प्रा. लि’ फिदिमका प्रोपराइटर संजिव जोशीलाई डिलरसीप प्रदान गरिएको छ।

कम्पनीका अनुसार बजाज ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको छ। नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ।

यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ। बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी फिदिममा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रशन्न छौं। हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो। फिदिममा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad