भारतको उत्तर प्रदेशको आगरा जिल्लामा पर्ने फतेहाबाद थाना क्षेत्रमा मंगलबार शौचालयको खाडलमा परेर ५ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुरुमा खेलिरहेका बेला पानी भरिएको खाडलमा १० वर्षका बच्चा खसे। त्यसपछि उनलाई बचाउन चार जना खाडलभित्र पसेकामा उनीहरू पनि पानीमा डुबेका हुन्। डुबेर बच्चासहित पाँचै जनाको मृत्यु भएको हो।
पानीमा डुबेर गम्भीर बिरामी भएका पाँचै जनालाई फतेहाबादस्थित निजी अस्पतालमा भर्ना गरिएको थियो। जहाँ एक जनाको मृत्यु भयो बाँकी ४ जनालाई आगरा रेफर गरिएकामा त्यहाँ उनीहरूको पनि मृत्यु भएको हो।
शौचालयको त्यो खाडल १५ फिट गहिरो रहेको बताइएको छ।

प्रतिक्रिया