ad ad

अटो


नेपाली सडकमा विद्युतीय गाडीको प्रतिस्पर्धा : चीनलाई उछिन्यो भारतले

नेपाली सडकमा विद्युतीय गाडीको प्रतिस्पर्धा : चीनलाई उछिन्यो भारतले

फाइल तस्बिर


वसन्त अर्याल
जेठ ९, २०८० मंगलबार १०:५, काठमाडौँ

नेपालमा एकै महिना ५०० विद्युतीय गाडी भित्रिएका छन्। विद्युततीय गाडी विक्रेताहरूले नयाँ मोडल भित्र्याउन थालेसँगै प्रतिस्पर्धा बढ्दै गएको छ।

९ महिनामा २४ सय ५१ गाडी आयात भएकोमा वैशाखमा ५ सय गाडी थपिएका छन्। चालु आर्थिक वर्षको १० महिनामा कुल २९ सय ५५ विद्युतीय गाडी भित्रिए। 

बजारमा मुख्यगरी टाटा, एमजी र बीवाईडका १०० किलोवाटका विद्युतीय सवारीबीच प्रतिस्पर्धा सुरु भएको छ। त्यसबाहेक ह्युन्देका विद्युतीय गाडीको पनि माग बढेको छ। 

सरकारले १०० किलोवाटमाथिका गाडीमा कर बढाएसँगै एमजीका जेट्एस र बीवाईडीको अट्टो-३ लामो समय नेपाल भित्रिन सकेका थिएनन्।

टाटाको नेक्सन ईभी नेपाली बजारमा विक्री भइरहेपनि बढी क्षमताको ईभी म्याक्स १०० किलोवाटमाथिकै भएका कारण भारतमा सार्वजनिक भएको १ वर्षसम्म आयात हुन सकेको थिएन। सरकारले १०० किलोवाटमाथिका गाडीमा कर बढाए पनि आयात रोकिँदा कुनै फाइदा लिन सकेन।

कर बढाएका गाडी महँगिने भएपछि व्यवसायीले गाडीमा मोटरको किलोवाट घटाएर नेपाल भित्राएका हुन्। 

गत वर्षको बजेटका कारण रोकिएका मुख्य मोडल १०० किलोवाट कमको पावरमा घटाएर व्यवसायीले बजारमा ल्याएका छन्। भन्सार विभागको तथ्यांकअनुसार १०० किलोवाटसम्मका २८ सय ८२ वटा विद्युतीय सवारी भित्रिएका छन। सरकारले गत वर्ष १०० किलोवाट माथिका विद्युतीय गाडीमा कर बढाएसँगै त्यसको आयात घटेको छ। 

१०० देखी २०० किलोवाटसम्मका ६६ र २०० किलोवाट माथिका ७ वटा विद्युतीय सवारी भित्रिएका छन्। १० महिनामा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको विद्युतीय गाडी भित्रिएका छन्।

केही व्यवसायीले नयाँ मोडल मात्रै नभई बजेट आउनै लाग्दा व्यवसायीले बढी गाडी भित्राएको बताएका छन्। हरेक वर्ष विद्युतीय गाडीमा कर हेरफेर गर्दै आएको सरकारले आगामी वर्षको बजेटमा पनि कर बढाउन सक्ने आँकलनमा गाडी भित्राइएको व्यवसायीले बताएका छन्।

चीनलाई भारतले उछिन्यो 
नेपालमा आयात हुने विद्युतीय गाडीमध्ये धेरै भारतबाट आएका छन्, अधिकांश टाटा ब्रान्डका हुन्। भन्सार विभागका अनुसार १० महिनामा १९ सय ६८ वटा गाडी नेपाल भित्रिएका छन्।

दोस्रोमा सबैभन्दा धेरै चीनबाट ६६२ वटा आएका छन्। चीनबाट बीवाईडी, एमजी, नेटा भीका गाडी आयात हुन्छन्। कोरियाबाट हुन्डाई गाडी आउने गरेका छन्।  १०० किलोवाटसम्मका वैशाखसम्म २४९ वटा कोरियाबाट आएको तथ्यांक देखाउँछ। 

१०० देखी २०० किलोवाटसम्मका गाडी चीनबाट ४३, कोरियाबाट २१ वटा र अमेरिकाबाट २ वटा गाडी भित्रिएका छन्। २०० किलोवाट माथिका चीन र अमेरिकाबाट भित्रिएका छन्। जसमा टेस्ला ब्रान्ड आउने गरेको छ। 

अघिल्लो वर्षको यही अवधिमा भारतबाट ५५५ गाडी भित्रिँदा चीनबाट ८०१ वटा विद्युतीय गाडी भित्रिएका थिए।

सरकारले १०० किलोवाट माथिका विद्युतीय गाडीमा कर बढाउँदा टाटाका मात्रै गाडी भित्रिएर एमजीको गाडी आउन नसक्दा भारतीय वर्चस्व बढेको छ। 

विभागकै तथ्यांकले नेपालमा सबैभन्दा धेरै विद्युतीय मोडल टाटाका रहेका छन्। सिप्रदी ट्रेडिङले एसयूभी, ह्याचब्याक र सेडान सेगमेन्टमै विद्युतीय गाडी भित्राइसकेको छ।

नेपाली बजारमा टाटाको नेक्सन ईभी सबैभन्दा बढी गुडिरहेका छन्। हचब्यागमा टिगोर र सेडानमा एक्सप्रेस टी गुडिरहेका छन्। सिप्रदी भित्राएको एक्सप्रेस टी काठमाडौंका सडकमा विद्युतीय ट्याक्सीको रुपमा गुडिरहेका छन्। 

सिप्रदी ट्रेडिङले नेक्सन ईभीको सफलतापछि ईभी म्याक्स भित्राएको छ। ९९ किलोवाट मोटर रहेको ईभी म्याक्सले एकपटकको चार्जमा ४५३ किलोमिटरसम्म दिन्छ।

२ हप्ताअघि ईभी म्याक्स सार्वजनिक गर्दै सिप्रदी ट्रेडिङका कार्यकारी निर्देशक प्रभाकर सम्शेर राणाले ईभी म्याक्स लामो दूरीमा गुडाउनका लागि पनि उपयुक्त भएको बताएका थिए। 

टाटाले ४६ लाख ४९ हजार रुपैयाँमै गाडी भित्राएको छ। नेक्सन ईभीको बुकिङ भएपनि समयमै डेलिभरी गर्न नसकेको टाटाले ईभी म्याक्समा कुनै समस्या नहुने दाबी गरेको छ। 

एमजीले जेटएस ईभी ९९ किलोवाटमा नेपाल भित्राएको छ। २ वटा भेरियन्टमा उपलब्ध गाडीको कम्फर्टको मुल्य ४८ लाख ४९ हजारर डिलक्सको ५२ लाख ४९ हजार रुपैयाँ तोकेको छ। ५१ किलोवाट आवरको ब्याट्री रहेको गाडीले एकपटकको फुल चार्जमा ३२० किलोमिटरसम्म दिन्छ। 

गाडीमा १०.१ टच स्क्रिन, पानारोमिक सनरुफ, वायरेलस फोन चार्जर, फ्रन्ट सिट हिटिङ लगायतका विशेषता रहेका छन्। करिब २ महिना अघिमात्रै जेटएस ईभी पुन ल्याउन थालेको थियो। 

एमजी मोटर्सको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सका महाप्रवन्धक सचिन अर्यालले ९९ जेटएस ईभीको बुकिङसँगै वितरण भैरहेको बताएका छन्। 

‘अहिले जेटएस ईभीको बुकिङसँगै वितरण गरिरहेका छौँ, प्रतिपर्धा बढेको छ। ठिकै विक्री भैरहेको छ,’ अर्यालले भने। 

एमजीको गाडी भित्रिएसँगै टाटाको नेक्सन ईभीसँग प्रतिस्पर्धा बढ्ने छ। 

तेस्रोमा बीवाईडीको अट्टो-३ रहेको छ। १०० किलोवाटमा उपलब्ध गाडीको मुल्य ६४ लाख ९० हजार रुपैयाँ तोकिएको छ। गाडीले ३१० एनएम टर्क टर्क जेनेरेट गर्छ। १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको गाडी फास्ट चार्जरबाट ८० किलोवाट चार्जरबाट ४५ मिनेटमा हुन्छ।

ब्लेड ब्याट्री रहेको गाडीमा एक पटकको चार्जमा ४२० किलोमिटरसम्म कुद्छ। स्पोटी लुक्लमा गाडी उपलब्ध रहेको छ। ४ वटा कलरमा अट्टो-३ उपलब्ध छ। 

कोरियन ब्रान्ड ह्युन्देको आयोनिक ५ महँगो रहेको छ। कोना १०० किलोवाटमा उपलब्ध रहेको छ। कोना एनएसको मूल्य ६० लाख छ भने आयोनिक ५ को मुल्य १ करोड १६ लाख रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .