बागमती


कुचो लगाउँदै पर्यटनमन्त्रीले सुरुवात गरे सरसफाइ अभियान

कुचो लगाउँदै पर्यटनमन्त्रीले सुरुवात गरे सरसफाइ अभियान

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार ११:५०, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियान सुरुवात गरेका छन्। सम्पदा स्थलहरूलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाइ अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए। 

अभियानअन्तर्गत हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो। ‘पर्यटन पुनरुत्थानका लागि क्लिन नेपाल–ग्रिन नेपाल अभियान’ नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सम्बद्ध  सार्वजनिक निकाय, स्थानीय तह, सामाजिक संघ संस्था र शैक्षिक प्रतिष्ठानसँगको सहकार्यमा विशेष सरसफाइ अभियान सुरु गरेको हो। मन्त्री श्रेष्ठले अघि सारेको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनमा महत्त्वपूर्ण पर्यटकीय स्थलहरूमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने उल्लेख छ। 

पर्यटकलाई आकर्षित गर्न सरसफाइ महत्त्वपूर्ण भएकाले यसलाई अभियानकै रूपमा सुरुवात गरिएको मन्त्री श्रेष्ठको भनाइ छ।

अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवर्द्धनमा मद्दत पुग्ने उनले बताए। सरसफाइ अभियानमा सम्पदा संरक्षण अभियन्ता, विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक संघ/संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता थियो। देशका अन्य महत्त्वपूर्ण पर्यटकीय स्थलमा पनि राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गरिने मन्त्री श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .