ad ad

बागमती


चितवनमा पिकअप र मोटरसाइकल ठोक्किँदा विदेशी नागरिकको मृत्यु

चितवनमा पिकअप र मोटरसाइकल ठोक्किँदा विदेशी नागरिकको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १३:४३, चितवन

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते भएका छन्। आज बिहान १०:१५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो।

मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

नारायणगढबाट काठमाडौँ जाँदै गरेको ना४१प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३–००१च१६८२ नंको  पिकअप गाडी  ठक्कर खाएको हो। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्। 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक  विदेशी नागरिक र पिकअप गाडीमा सवार एक जना घाइते भएका छन्। मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिलाको अवस्था मध्यम छ।

पिकअप गाडीमा सवार तीन जनामध्ये धादिङको गल्छी गाउँपालिका–५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते भएका छन्। घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पिकअप गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .